मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कृष्णपुरमा १९ हजार मत खस्यो, लालझाडीमा ५ बजेभित्रै मतदान सकिने


पश्चिम प्रेस
शुक्रबार, वैशाख ३० २०७९
  • 617
    Shares

  • images
    images
    कृष्णपुरमा १९ हजार मत खस्यो, लालझाडीमा ५ बजेभित्रै मतदान सकिने

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १९ हजार मतदाताले मतदान गरेका छन् । सवाँ दुई बजेसम्म कृष्णपुरका ४४ मतदान केन्द्रबाट उक्त संख्यामा मत खसेको निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिए । कृष्णपुरमा ४० हजार ३ सय ३८ मतदाता रहेका छन् ।

    यस्तै लालझाँडी गाउँपालिकामा साढे ६ हजार जनाले मतदान गरेका छन् । निर्वाचन अधिकृत चेतराम पन्तका अनुसार बिहान केही ढिलाई भएपनि अहिले भने मतदान दु्रत गतिमा भइरहेको छ । १८ वटै मतदान केन्द्रमा मतदाताहरुले उत्साहका साथ मतखसालिरहेका उनले जनाए । उनका अनुसार साझँ ५ बजेभित्रै लालझाँडीमा मतदान सकिने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै सर्बदलिय बैठक डाँकिएको उनले जनाए । उनले आजै साझँ देखी मतगणना सुरु गरिने जनाए ।


    प्रतिक्रिया दिनुहोस