महेन्द्रनगर । शुक्रवार विहान ७ बजेदेखी साझँ ५ बजेसम्म मतदान कार्य सकिएको छ । कञ्चनपुरका नौं वटै पालिकामा मतदाताहरुले उत्साहका साथ मतदान गरेका छन् । जिल्लामा यसपटकको निर्वाचनमा भने मत कम खसेको आंकलन गरिएको छ ।२ लाख ९५ हजार ३ सय ५४ मतदाता रहको कञ्चनपुरमा झण्डै १ लाख ७८ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले मतदान कार्य सकिएसँगै जिल्लामा ६० प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।
यस्तै आज साझँ नै सर्वदलिय बैठक बस्ने तयारी थालिएको छ । सर्वदलिय बैठक पछि मतगणनाको कार्य अगाडी बढाइने निर्वाचन अधिकृत धामीले जनाए । तर जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर १० स्थितविजय माध्यमिक विद्यालयमा फर्जी मतदाता को विषयलाई लिएर भएको विवाद नसुल्झीएपछि मतदान स्थगित भएको छ ।
निर्वाचन अधिकृत किरण जोशीका अनुसार दलहरुबिच छलफल चलेपनी नसुल्झीएपछि मतदान स्थगित भएको छ ।
निर्वाचन अधिकृत किरण जोशीका अनुसार वडा नम्बर १० स्थितविजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।
.gif)