मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 986
    Shares

  • images
    images
    भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता

    भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो । तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो । दाहालले ११६ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का बिजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाउनुभएको छ । यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा (एमाले)का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।


    प्रतिक्रिया दिनुहोस