मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बेल्डाँडीको मतपरिणाम अन्तीम चरणमा : रुखले लियो रफ्तार


पश्चिम प्रेस
आइतबार, जेठ १ २०७९
  • 801
    Shares

  • images
    images
    बेल्डाँडीको मतपरिणाम अन्तीम चरणमा : रुखले लियो रफ्तार

    महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउपालिकामा मतगणना कार्य अन्तिम अन्तिम चरणमा प्रवेश गरेको छ । ५ वडा रहेको गाउँपालिकामा अहिले रुख चिह्नका उम्मेदवारले ७ सय ९२ मतको अग्रता लिएका छन् । वडा नम्बर १ , ४ र ५ को मतगणना कार्य सकिदा नेपाली कांग्रेसबाट अध्यक्षमा हरिस चन्द्र रानाले २ हजार ४ सय ५९ मत ल्याएका छन् ।

    यस्तै उनका निकटम प्रतिद्धन्दी ठानिएका नेकपा एमालेका अकल बहादुर बिष्टले १ हजार ६ सय ६७ मत ल्याएका छन् । यस्तै माओवादीका इश्वरी दत्त भट्टले ६ सय ५४ मत ल्याएका छन् । 

    उपप्रमुख तर्फ पनी नेपाली कांग्रसकी शान्ती नाथले २ हजार २ सय ४८ मत ल्याएकी छन् । एमालेकी फुल देवी रानाले १ हजार ९ सय ५७ मत ल्याएकी छन् भने हसिया हतौडाकी उम्मेदवार कल्पना गिरीले ४ सय ८० मत ल्याएकी छन् । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर १ र ५ मा नेपाली कांग्रेसबाट गज बहादुर बिष्ट र इन्द्र बहादुर खड्का वडा अध्यक्षमा बिजयी भएका छन् । जसमा क्रमश वडा नम्बरका अध्यक्ष बिष्टले ७ सय ७२ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ७ सय ५३ मत प्राप्त गरेका छन् । यस्तै वडा नम्बर ५ का अध्यक्ष खड्काले ९ सय ३७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ५ सय ६३ मत प्राप्त गरेका छन् । 

    वडा नम्बर ४ मा नेकपा एमालेका बिरबहादुर खड्का बिजयी भएका छन् । उनले ५ सय ५८ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारले ३ सय ९१ मत प्राप्त गरे । 
    बेल्डाँडी गाउँपालिकामा अहिले वडा नम्बर २ र ३ को मतगणना चलिरहेको छ । 


    प्रतिक्रिया दिनुहोस