मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरका १५ वडामा मतपरिणाम सावर्जनिक


पश्चिम प्रेस
सोमबार, जेठ २ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरका १५ वडामा मतपरिणाम सावर्जनिक


    महेन्द्रनगर । ३० वैशाख मा सम्पन्न स्थानीयतहको निर्वाचनको मतगणना कार्य भइरहेको छ । नौँ पालिकाका ९२ वडा रहेको कञ्चनपुरमा आइतबार राती सम्म १५ वडामा मतगणना कार्य सकिएको छ । जसमा भीमदत्त नगरपालिकामा १ वडा, बेलौरी नगरपालिकामा ३ वडा, लालझाँडी गाउँपालिकामा ४ वडा, बेल्डाँडी गाउँपालिकामा ३ वडा, शुक्लाफाँटा नगरपालिकामा १ वडा र दोधाराचाँदनी नगरपालिकामा ३ वडामा मतपरिणाम सार्वजनिक भएको हो ।
    आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका आसेफ कुँवर(भुन्टु) निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६ भारी मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । कुँवरले ७३२, विष्टले २६६ र एमालेका गगन सिह कार्कीले १९६मत ल्याएका थिए । २०७४ भन्दा यस पटक ०७९ मा काँग्रेसका भुन्टुले ९५ मत थप बृद्धि गरेका छन । अघिल्लो पटक काँग्रेसका भुन्टुले ६३७ मत ल्याएका थिए । 
    बेलौरी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका धन बहादुर बिष्ट ६ सय ६३ मत सहित वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खुसिराम चौधरीले ३ सय ५२ , नेकपा एमालेका नमराज शाहीले ५ सय ३३ मत प्राप्त गरे । 
    वडा नम्बर १० मा पनि नेकपा माओवादी केन्द्रका सोमलाल चौधरी १ हजार १ सय १६ मत सहित वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार लाल बहादुर चौधरी कुसुमेले ६ सय २१ मत प्राप्त गरे । वडा नम्बर २ मा नेकपा एमालेका कलबिर चौधरी वडा अध्यक्षमा बिजयी भएका छन् । उनले एक हजार ३२ मत प्राप्त गरेका हुन् । यस्तै निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका झक बहादुर सिसिरले ९ सय २५ मत प्राप्त गरे भने नेनेपाली कांग्रेसका राज बहादुर चौधरीले ५ सय ३९ मत प्राप्त गरे । यसअघी शनिवार वडा १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । जसमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । 
    बेल्डाँडी गाउँपालिका वडा नम्बर १ र ५ मा नेपाली कांग्रेसबाट गज बहादुर बिष्ट र इन्द्र बहादुर खड्का वडा अध्यक्षमा बिजयी भएका छन् । जसमा क्रमश वडा नम्बरका अध्यक्ष बिष्टले ७ सय ७२ मत प्राप्त गरे भने निकटम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ७ सय ५३ मत प्राप्त गरेका छन् । 
    यस्तै वडा नम्बर ५ का अध्यक्ष खड्काले ९ सय ३७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ५ सय ६३ मत प्राप्त गरेका छन् । वडा नम्बर ४ मा नेकपा एमालेका बिरबहादुर खड्का बिजयी भएका छन् । उनले ५ सय ५८ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारले ३ सय ९१ मत प्राप्त गरे । 
    यस्तै दोधारा चादनी नगरपालिका ५ मा हलोचिह्नका उम्मेदवार केशव बहादुर खत्री वडा अध्यक्षमा बिजयी भएका छन् । वडा अध्यक्षमा खत्रिले ४ सय ९८ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह भण्डारीले ३ सय ८० मत प्राप्त गरेका छन् । 
    यस्तै वडा नम्बर १ मा पनी राप्रपाका बिक्रम चन्द ८ सय ६ मत सहित वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारले ५ सय ५ र नेकपा एमालेका उम्मेदवारले ४ सय १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
    यस्तै वडा नम्बर ४ मा नेपाली कांग्रेसका लोक बहादुर चन्द ९ सय ९ मत सहित वडा अध्यक्षमा बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विरेन्द्र दत्त जोशीले ६ सय ७१ मत प्राप्त गरे । 
    शुक्लाफाँटा नगरपालिका–१ मा नेकपा एमालेबाट उत्तरदेव भट्ट ८ सय ७३ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् । जहा नेकपा एमालेका महिला सदस्य र दलित महिला सदस्यले उम्मेदवारी जितेका छन् । भने कांग्रेसबाट दुई वडा सदस्यले निर्वाचन जितेका छन् । जहा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार नवराज ऐरले ७ सय ९३ मत प्राप्त गरेका छन् । जस्तै नेकपा एमालेका रणबहादुर महराले ६ सय ६३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चीन्तामणी भट्टले ४ सय ६९ मत प्राप्त गरेका छन् । 
    लालझाँडी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपमा माओवादी केन्द्रका टिकाराम डगौरा ८ सय ४९ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रोहित सिह बडायकले ६ सय २५ मत प्राप्त गरे ।
    यस्तै वडा नम्बर ४ मा पनी नेकपा माओवादी केन्द्रका बहादुर राना ५ सय ९० मत सहित वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ओम प्रकाश रानाले ४ सय ८० मत प्राप्त गरे । 
    लालझाँडीमा यसअघी शनिवार वडा नम्बर ५ र ६ को अन्तीम मतपरिणाम सार्वजनिक भएको थियो ।  यसमा वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका पहल बहादुर थापा वियजी भएका थिए भने, वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका  हर्कनाराणय जोशी विजयी भएका छन् । 


    प्रतिक्रिया दिनुहोस