मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

लालझाँडीमा एमाले बिजयी, अध्यक्षमा राना र उपाध्यक्षमा चौधरी


पश्चिम प्रेस
सोमबार, जेठ २ २०७९
  • 752
    Shares

  • images
    images
    लालझाँडीमा एमाले बिजयी, अध्यक्षमा राना र उपाध्यक्षमा चौधरी

    महेन्द्रनगर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट निर्मल राना र उपाध्यक्षमा सपना चौधरी बिजयी भएका छन् ।  राना निकटतम प्रतिद्धन्दी माओवादीका मदनसेन बडायकलाई १ हजार ६३१ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    रानाले ४ हजार ५ सय १६, माओवादीका बडायकले २ हजार ८ सय ५८मत ल्याएका थिए । भने काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८मत ल्याएका थिए । यस अघि ०७४ को चुनावमा एमालेका निर्मल राना हराउँदै माओवादीका बडायक अध्यक्ष भएका थिए ।

    यस्ते उपाध्यक्षमा चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी राधा रानालाई ६८ मतले पराजित गर्दै निर्वाचित भईन् । चौधरीले ३ हजार ५ सय ६१ र रानाले ३ हजार ४ सय ९३मत ल्याएकी थिईन । १४ हजार १६ मतदाता मध्ये ११ हजार ३सय ३५मत खसेका थिए ।  ३२ पदका लागि १ सय १९जना चुनावमा होमिएका थिए ।


    प्रतिक्रिया दिनुहोस