मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाजुरामा म्यादीमाथि खुकुरी प्रहार, दुई जना पक्राउ 


पश्चिम प्रेस
सोमबार, जेठ २ २०७९
  • 1.1K
    Shares

  • images
    images
    बाजुरामा म्यादीमाथि खुकुरी प्रहार, दुई जना पक्राउ 

    बाजुरा । बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको छ। सदरमुकाम मार्तडीमा गए राति बुढीगंगा नगरपालिका–४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको हो ।  प्रहरीका अनुसार कटुवालसँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापा पनि सामान्य घाइते भएका छन् । 


    खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडीमालिका नगरपालिका–२ का नरेन्द्र नाथ र लोकेन्द्र कार्कीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता गिन्द्र बोगटीले बताए । उनले खुकुरीसमेत बरामद गरिएको बताएका छन् ।  मार्तडीमा आइतबार राति एमाले र काँग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो । प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो ।
     


    प्रतिक्रिया दिनुहोस