सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह : सुदूरपश्चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना


पश्चिम प्रेस
मंगलबार, जेठ ३ २०७९
  • 1.3K
    Shares

  • images
    images
    दोधारा चाँदनीमा सुख्खा बन्दरगाह :  सुदूरपश्चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

    महेन्द्रनगर । कञ्चनपुरको दोधारा(चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहलाई सुदूरपश्चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना रुपमा हेरिएको छ । घोषणा भएको १२ वर्ष पछि सरकारले बन्दरगाह निमार्णको काम अगाडि बढाएपछि यसले सुदूरपश्चिमको पश्चिमी नाका त्रिदेशिय नाकाका रुपमा विकास हुने अपेक्षा गरिएको छ । 
     तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा(चाँदनी  सुख्खा बन्दरगाह निमार्णको थालनि गर्न अन्तिम तयारी भइरहेको छ । भारतले पनि दोधारा चादनी सुख्खा बन्दरगाह सम्म जोड्ने पहुँच मार्ग निमार्णका लागि ठेक्का सम्झौता गरिसकेकाले यो परियोजनाको काम छिट्टै अघि बढ्ने छ । 
     भारतका प्रमुख व्यापारिक शहरहरू यहाँबाट छोटो दूरीमा पर्छन । भारतको राजधानी दिल्ली यहाँबाट  साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र यहाँबाट नजिक छन । महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलको निमार्णकार्य अन्तिम चरणमा छ । पुल र सुख्खा बन्दरगाह निमार्ण भएपछि सुदूरकोे आर्थिक विकास र नेपाल(भारत सहज आवागमनका लागि पनि  विकासको खम्बाका रुपमा हेरिएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू लगायतको टोलीले कञ्चनपुरको दोधारा चादनीमा प्रस्तावित सुख्खाबन्दरगाह र दैजिछेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्दै निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन । 
     मन्त्री बडुले बन्दरगाह र औद्योगिक क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै काम सुरु गर्ने गरी तयारी भइरहेको बताए । ‘यि दुबै महत्वपूर्ण योजना सरकारको मुख्य प्राथमिकतामा छन,भारतले पनि काम सुरु गरिसकेको छ ।’ उनले भने(‘सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र निमार्णपछि सुदूरपश्चिले ठुलो फड्को मार्छ यो नाका त्रिदेशिय नाकाका रुपमा विकास हुन्छ ।’ उनले छिट्टै कामको थालनी गर्नका लागि बजेटको व्यवस्थापन समेत भइरहेको बताए उनले दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने बताए । उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु सात अर्ब लाग्ने अनुमान गरिएको बताए । ‘वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुङ्गो लाग्ने चरणमा छ। ’ उनले भने( ‘नयाँ बजेटमा सुख्खाबन्दरगाहलाई सम्बोधन हुने विषय एकसाथ टुङ्गोमा पुग्छ ।’ दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले सोमबार स्थलगत अनुगमन गरेका छन । सुख्खा बन्दरगाह र एकीकृत जाँचपास चौकीको निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङ्क प्रतिवेदन अन्तिम चरणमा छ । नेपाल इन्टर मोडल यातायात विकास समितिले क्षेत्र निर्धारण, कार्यसुची प्रतिवेदन तयार पार्ने काम गरिराखेका छ । 
     सुख्खा बन्दरगाह निमार्णका लागि प्र्रस्तावित २८० बिगाहा जमिनमा भन्सार कार्यालय,बैंक,गोदामघर,जाँचपास सेड,सुरक्षा निकाय,क्वारेन्टाईन र पार्किङ्ग लगायतका भौतिक संरचना निमार्णका हुनेछन । अहिले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलदेखि सुख्खा बन्दरगाह निमार्ण स्थलसम्म पहुच मार्ग निमार्णको काम अन्तिम चरणमा छ ।हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधन समेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरूको भनाई छ ।
     महाकाली नदीमा चारलेनको पक्की पुल निमार्ण र सुख्खा बन्दरगाह निमार्ण भए यहाँको विकासको ढोका खुल्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले बताए । ‘शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुन्छ, त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएको छ ।’ उनले भने ( ‘अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता छ यसले लागत धेरै बढाएको छ ।’ 
     महाकालीमा बनिरहेको चारलेनको पक्की पुल निर्माणपछि भारतका ठूला औद्योगिक क्षेत्रहरूसँग सहज पहुँच हुनेछ ।  भारतीय पक्षले शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला गर्छ । बिहान ६ बजेदेखि ८ बजेसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दिनमा तीन घण्टा मात्रै ब्यारेज खुल्ने भएकाले नेपाली व्यापारी परेसान छन । सो समयमा सात टनभन्दा बढी सामान ल्याउन निषेध गरिएको छ । १९९८ मा शारदा ब्यारेजसँगै निर्माण भएको टनकपुरको पुल निर्माणपछि सञ्चालनमै आएन । 


    प्रतिक्रिया दिनुहोस