मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बझाङको जयपृथ्वीमा गठबन्धन विजयी 


पश्चिम प्रेस
बुधबार, जेठ ४ २०७९
  • 667
    Shares

  • images
    images
    बझाङको जयपृथ्वीमा गठबन्धन विजयी 

    बझाङ  । ११ वटा वडा रहेको बझाङको जयपृथ्वी नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चेतराज बजाल ४ हजार ९ सय ७० मतका साथ विजयी भए ।  

    उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका सुरत बहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाए । त्यसैगरी राप्रपाका कर्णबहादुर खड्काले ४३ मत पाएका थिए । नेपाली कांग्रेसका बजाल नेकपा एमालेका सिंहसँग १ हजार ४ सय ७१ मतान्तरले विजयी भएका हुन् ।

    यस्तै उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका रतन सिंह जयपृथ्वी नगरपालिकाको उपमेयरमा विजयी भएका हुन् । उनी ४ हजार ६ सय २७ मतका साथ विजयी भए । नेकपा एमालेवाट जयपृथ्वी नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी जमुना चन्दले ३ हजार ३ सय ९१ मत पाइन् ।

    जयपृथ्वी नगरपालिकाका ११ वटा वडा मध्ये तीन वटा वडामा नेकपा एमाले विजयी भएको छ, भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले दुई÷दुई वटा वडामा जित निकालेका छन् । जयपृथ्वीका २ वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आइतवार राती ९ वजेवाट सुरु भएको जयपृथ्वी नगरपालिकाको मतगणना गएराती २ वजे सकिएको थियो । 


    प्रतिक्रिया दिनुहोस