मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


पश्चिम प्रेस
बुधबार, जेठ ४ २०७९
  • 760
    Shares

  • images
    images
    गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् । उनले १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए । उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् ।

    उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् । कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।


    प्रतिक्रिया दिनुहोस