महेन्द्रनगर । बाजुराका नौ स्थानीय तहमध्ये सात पालिको नतिजा सार्वजनिक भएको छ । एमालेले चार पालिका प्रमुख र काँग्रेसले तिन पालिकामा जित हात पारेको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका भरतबहादुर रोकाया र उपाध्यक्षमा मैना जोशी विजयी भएका भएका छन् ।
गौमुल गाउँपालिकामा नेकपा एमालेका हरिबहादुर रोकाया अध्यक्ष र उपाध्यक्षमा सिता रोकाया (थापा) विजयी भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् ।
बडीमालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएकी हुन्। त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा उपमेयरमा कमला कुमारी जैशी विजयी भएका छन्। हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन्।
उपाध्यक्षमा नेकपा एमालेकी राजकला सार्की विजयी भएकी छिन्। जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट विजयी भएका छन्।
.gif)