महेन्द्रनगर । डोटीमा मतगणना सकिएको छ । जहा नेपाली कांग्रेस सात पालिका, नेकपा एमाले र माओवादी केन्द्र १–१ पालिकामा विजयी भएका छन् । बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलबहादुर गड्सला २०५८ मत सहित विजयी भएका छन् । उनका प्रतिद्धन्दी एमालेका हस्तबहादुर बुढाले २०२४ मत ल्याए।
उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्नादेवी बम विजयी भइन् । बम २०६३ मत ल्याउँदै विजयी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानु मल्ल बमले १९९१ मत ल्याइन् भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले १८७१ मत ल्याइन्।
यस्तै पर्यटन मन्त्री समेत रहेका प्रेम बहादुर आलेको गाउँपालिका जोरायलमा नेकपा एमालेका दुर्गादत्त ओझा विजयी भए । ओझाले ३४४९ मत ल्याए भने प्रतिद्वन्द्वी काँग्रेसका दीपक विष्टले ३४१२ मत प्राप्त गरे ।उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी चन्द्राकुमारी साउँले ३५१७ मत ल्याइन् ।
दीपायल सिलगढी नगरपालिकामा कांग्रेसका बाजीसिँह खड्का मेयर र कलावती महर (साउँद) उपमेयरमा निर्वाचित भएका छन् । खड्काले ५१३८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३५१५ मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसकी महरले ४७६८ मत ल्याइन भने, प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४१२९ मत ल्याइन् ।
शिखर नगरपालिकाको मेयरमा काँग्रेसका दीर्घ बलायर ६५६२ मत सहित विजयी भए । प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४५९१ मत ल्याए । उपमेयरमा काँग्रेसकै सुनिता रावल (जोरा) ६४२६ मत ल्याउँदै विजयी भइन्। प्रतिद्धन्दी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै पाए।
यस्तै सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन् । शाही ४२६२ मतसहित अध्यक्षमा विजयी भएका हुन्। उपाध्यक्षमा पनि काँग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन्। उनी ४०७२ मतसहित विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन् ।
.gif)