मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा एमाले र कांग्रेसले ल्याए समान सिट, स्वतन्त्र पनी विजयी


पश्चिम प्रेस
बुधबार, जेठ ४ २०७९
  • 800
    Shares

  • images
    images
    बैतडीमा एमाले र कांग्रेसले ल्याए समान सिट, स्वतन्त्र पनी विजयी

    महेन्द्रनगर । बैतडीका १० वटै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जहा नेकपा एमालेले ४ पालिका,  नेपाली कांग्रेसले पनि ४ पालिका,  नेकपा माओवादी केन्द्रले १ र एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

    पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेका बीना भट्ट विजयी भए।  
    शिवनाथ गाउँपालिको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद फेरि विजयी भएका छन । उपाध्यक्षमा भने एमालेकी सकुन्तला साउद विजयी भएकी छन्। सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरि सिंह धामी विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेकी धाना धामी विजयी भएकी छिन्।  

    सुर्नया गाउँपालिको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु बोहरा विजयी भएकी छन । मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी भएकी छिन्। दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन्। उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छिन्।

    डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। उनी गठबन्धनका उम्मेदवार लोकेन्द्र राना (शितल) लाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भगीरथ बोहरा विजयी भएका छन्। पाटन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गौरिसिंह रावल विजयी भएका छन्। उपमेयरमा नेकपा माओवादी केन्द्रका कमलसिंह बोहरा (अपि) विजयी भएका छन्। 

    दोगडाकेदार गाउँपालिकामा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की विजयी भएका छन्।
    पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेसका दीपकबहादुर बम ५८८० मतसहित मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि नेपाली कांग्रेसकै मिना धानुक ५२०० मतसहित विजयी भएकी छन् । 


    प्रतिक्रिया दिनुहोस