महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा ४ हजार १ मत सहित अग्रतालिइरहेका छन् । जसमा नेपाली कांग्रेसका चीन्तामणी भट्टले ३ हजार ६ सय २१ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका नवराज ऐरले ३ हजार १ सय १३ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी कल्पना कुमारी जोशीले अग्रता लिइरहेकी छन् । उनले ३ हजार ५ सय २० मत ल्याउदा नेकपा एकीकृत समाजवादीतर्फका माधव प्रशाद पन्तले ३ हजार २ सय ८२ मत ल्याएका छन् । यस्तै नेकपा एमालेकी मोनिका कुमारी भण्डारीले ३ हजार ८३ मत ल्याएकी छन् । पछिल्लो मतपरिणाम अनुसार नगरपालिकाको वडा नम्बर १ देखी ७ सम्म मतगणना सम्पन्न भएकोमा अहिले वडा नम्बर ८ र ९ को चलिरहेको छ ।
.gif)