महेन्द्रनगर । चुनावका लागी भन्दै भर्ना गरिएका म्यादी प्रहरीले ४० दिनको कर्तव्य पुरा गरेका छन् । वैशाख ३० गतेको चुनावका लागी म्यादी प्रहरी भर्ना गरिएकोमा शुक्रबार विशेष कार्यक्रम गरि विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार कञ्चनपुरमा भर्ना भएका एक हजार ३ सय ५८ जना म्यादी प्रहरीको विदाई गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले शुक्रबार उनिहरुलाई प्रमाण पत्र सहित विदाई गरिएको जानकारी दिए । प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम चौधरीले उनिहरुलाई प्रमाणपत्र हस्तान्त्रण गर्दे विदाई गरेका हुन् ।
अन्तिम दिन कार्यालयमा ४० दिनमा गरेको डिउटीको प्रशन्सा गर्दे एसपी चौधरीले म्यादी प्रहरीहरुलाई थप हौसला प्रदान गर्दे विदाई गरे । चैत्र २५ गते कञ्चनपुरमा म्यादी प्रहरीे भर्ना गरिएका थिए ।
.gif)