महेन्द्रनगर । ३० वैशाखमा भएको स्थानियतहको निर्वाचनको मतगणना कार्य जारी छ । कञ्चनपुरका ७ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसक्दा भीमदत्त र पुर्नवासमा भने मतगणना जारी छ । भीमदत्तनगरपालिकाको प्रमुख पद मेयरका लागी १४ जना चुनावी मैदानमा छन् । जसमा ९ जना पार्टीबाट र ५ जना स्वतन्त्रबाट चुनाव लडिरहेका छन् ।
चुनावी मतपरिणामलाई केलाउँदा झन रोचक बन्दै गएको देखिन्छ । ठुलादलहरु निर्वाचनमा जितको नजिक पुगेका बेला स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुको मतपरिणाम पट्यार लाग्दो देखिएको हो ।
स्वतन्त्रबाट मेयरमा गुलाफ आउजी, रमेश दमाई, कोमल बहादुर सिंह, धनि चन्द ठकुरी र कल्याण ओझा उम्मेदवार छन् ।
समाचार तयार पार्दा सम्म स्वतन्त्रबाट उम्मेदवारी दिएका गुलाफ आउजीले एक मत, धनीचन्द ठकुरीले दुई मत, रमेश दमाईले अल्लि बढी १० मत, कल्याण ओझाले ४६ मत र कोमल बहादुर सिंहले १ सय ८२ मत ल्याएका छन् ।
स्वतन्त्र मध्ये सिंहले अत्याधीक मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । पहिलो पटक मेयरमा चुनावका लागी उम्मेदवारी दिएका सिंहले प्रचारप्रशार व्यापक बनाएका थिए । इन्जीनियर समेत रहेका उनी होटल ९/११ का सञ्चालक समेत हुन् । चुनावको मुखैमा प्रहरीको चक्कर काट्नुपरेपछी उनले चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको कतिपयको तर्क छ ।
यस्तै भीमदत्तमा पार्टी बाट उम्मेदवारी दिएकाहरुको मतपरिणाम केलाउँदा ठुला दलको हकमा एकदमै न्युन देखिएको छ । जनता समाजवादी पार्टीका मोहन बहादुर शाहीले ६३, विवेकशिल साझा पार्टीका खगेन्द्र जोशीले ४९, नेपाल मजदुर किसान पार्टीका दल बहादुर बोहराले २९, राष्ट्रिय जनमोर्चाका लालबहादुर कुँवरले २६, मौलीक जरोकीलो पार्टीका हरीदत्त जोशीले १४ मत ल्याएका छन् ।
ठुला दलभनिएकाहरु बिच भने यसपटकको निर्वाचनमा प्रतिस्प्रर्धा नै भएको पाइएन् । ०७४ को चुनावमा १ सय ६६ मतान्तरमा विजयी भएको नेकपा एमाले यसपटक भने झण्डै दोब्बर मतले पछाडि परेको छ । चुनाव जित्ने पक्कापक्कि भएको नेपाली कांग्रेसले ११ हजार ७ सय ७२ मत ल्याएको छ ।
कांग्रेसका पदम बोगटीलाई नेकपा एमालेका महेश प्रसाद पन्तले पछ्याईरहेका छन् । पन्तले ६ हजार ३१ मत ल्याएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र बहादुर चन्दले पछ्याइरहेका छन् । चन्दले ५ हजार ६ सय २० मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले २ हजार ८ सय ६० मत ल्याएका छन् ।
.gif)