शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रविधिबाट बालबालिकाहरुलाई टाढा होइन, त्यसैमा सिकाइको वातावरण सिर्जना गरौँ


बिहीबार , जेठ १२ २०७९
  • 838
    Shares

  • images
    images
    प्रविधिबाट बालबालिकाहरुलाई टाढा होइन, त्यसैमा सिकाइको वातावरण सिर्जना गरौँ

    वर्तमान युग सूचना र प्रविधिको हो । मानिसका हरेक क्रियाकलाप तथा दैनिक जीवनमा कुनै न कुनै रुपमा सूचना प्रविधिको प्रयोग हुँदै आइरहेको छ । सूचना प्रविधिको कारणले मानिस कुनै एक सीमित भूगोलभित्र थन्किएर रहन सक्दैन । हरेक मानिस विश्वका हरेक क्रियाकलापसँग जोडिइरहेको हुन्छ । सूचनाप्रविधिले फराकिलो विश्वलाई साँघुरो बनाइ विश्वव्यापीकरणको युगमा पु¥याइदिएको छ । अहिलेको विश्व एक घरजस्तै भएको छ, जसमा घटेका हेरेक घटनाहरुसँग विशवका रहेक मानवले प्रतयक्ष या परोक्ष रुपमा सम्बन्ध राखेको हुन्छ । मानिसको भाषा, धर्म, संस्कृति, कला, साहित्य, राजनीति, स्वास्थ्य, कृर्षि, देखि लिएर ज्ञान विज्ञानका हरेक क्रियाकलापहरुसँग सूचनाप्रविधि जोडिएको पाइन्छ । शिक्षा क्षेत्रमा त यसको धेरै ठूलो प्रभाव परेको देखिन्छ । मानिसका हरेक क्रियाकला विज्ञान र प्रविधिको सहायताले हुन थालेपछि शिक्षाको माध्यम पनि विज्ञान र प्रविधिबाटै हुनु स्वभाविक हो । नेपालमा पनि अहिले शिक्षामा सूचना प्रविधिको प्रयोग बढ्दो रुपमा पाइन्छ । शिक्षण सामग्री, पाठ्य सामग्री देखि लिएर सम्पूर्ण कुराहरु सूचना प्रविधिले आफ्नो कब्जामा राख्न थालेपछि परम्परागत रुपमा शिक्षा लिन पनि गाह्रो परिरहेको छ । परम्परागत सिकाइमा कुनै समस्या पर्ने वित्तिकै पुस्तकका पाना पल्टाउने र भौतिक रुपमा गुरुको उपस्थितिको बाध्यतालाई सूचना प्रविधिले घटाउँदै लगिरहेको छ । अहिले समस्या समाधानको पहिलो विकल्प सूचना प्रविधि तथा गुगल बन्न पुगेको छ । शिक्षकले दैनिक शिक्षण योजना बनाएर झोलामा शिक्षण सामग्रीको ह्रगुंको भारी बोक्न यसले हटाएर एउटा मोबाइल खल्तीमा राख्दा प्रसस्त हुने भएको छ भने विद्यार्थीले पनि किताबको भारी बोकेर बोकेर विद्यालय जाने झन्जट बिस्तारै हट्दो क्रममा छ । झन् अहिले त इन्टरनेटको सहायताले विद्यार्थीले विद्यालय नगएर नै सबै कुरा घरमै बसेर पढ्न सक्ने व्वयस्था पनि आइसकेको छ । विद्यार्थीले एक दिन विद्यालयमा हाँजिर हुन नसके पनि उक्त दिनको कक्षा दोस्रो दिन घरमै बसेर पढ्न सक्ने व्यवस्था पनि बनिसकेको छ । विद्यार्थीले कुनै एक शिक्षकले पढाएको नबुझेको खण्डमा अनलाइको माध्यमबाट देश वा विदेशका अन्य थुप्रै शिक्षकले पढाएको हेरेर पनि सजिलै सिक्न सक्ने व्यवस्था उपलब्ध हुँदै गइरहेको छ । सूचना प्रविधिले विदार्थीलाई एकातिर पाठ्क्रमले तोकेका कुरा सिक्नमा महत्वपूर्ण भूमिका खेलेको छ भने अर्कोतिर आफूलाई रुचि भएका अन्य विषयवस्तु पनि घरमै बसेर मज्जाले सिक्न सक्ने अवस्था आएको छ । शिक्षकलाई पनि दिनभरी चक घोट्दै भट्याउँदै थाक्नुपर्ने झंजटबाट मुक्त गराउँदै गइरहेको छ । विद्यार्थीहरुलाई मनोरञ्जनपूर्ण तरिकाले आफै हेरेर गरेर सिक्ने वातावरण सूचनाप्रविधिले बनाइदिएको छ । अबको शिक्षक विषयवस्तु घोकाउने भन्दा पनि सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने कुरा बताइदिने हुनुपरेको छ । यसले एकातिर ज्ञानको दायरालाई फराकिलो बनाइदिएको छ भने अर्कोतिर श्रमको क्षेत्रफल घटाइदिएको छ । सूचना प्रविधिको सहज उपलब्धता भएका ठाउँमा त बिस्तरामै बसीबसी संसारका कुनै पनि विद्यालय वा महाविद्यालयमा पढ्न सक्ने बनाइदिएको छ । समग्रमा भन्नुपर्दा सूचना पविधिले शिक्षामा धेरै प्रभाव पारेको देखिन्छ । 
    वर्तमान समयमा हरेक हातमा एउटा मोबाइल र हरेक घरमा कम्तिमा पनि एउटा कम्प्युटर हुन थालेको छ । जुनसुकै उमेरसमूहका मानिसले पनि आफ्ना आवश्यकता र रुचिका आधारमा यसको प्रयोग गर्दै आइरहेका छन् । नेपालमा पनि यसको प्रयोग र प्रचलन निकै रुपमा अघि बढ्दै गइरहेको छ । तर यसको प्रयोग सम्बन्धी ज्ञानको अभावमा मानिसले यसलाई राम्रो या नराम्रो भन्ने विभिन्न तर्कहरु दिन थालेका छन् । समयको माग अनुसार बालबालिकाहरु मोबाइलको प्रयोग बढ्दो क्रममा गर्दै आउन थालेपछि मानिसहरु  यो राम्रो कि नराम्रो भन्ने सन्दर्भमा आआफ्नै किसिमले तर्क दिन थालेको पाइन्छ । धेरै व्यक्ति तथा शिक्षक अभिभावकले इन्टरनेट तथा मोबाइलको कारणले विद्यार्थीहरुको पढइ बिग्रेको आरोप लगाउँदै आएको पाइन्छ । एक हिसाबले सोच्दा उनीहरुको भनाइ पनि ठिकै जस्तो लाग्दछ । हामी किताबमा भएको कुरो सिके मात्र सिकेको भन्ने गर्दछौ तर त्यो बाहेक अन्य कुरालाई सिकेको मान्दैनौ । इन्टरनेट तथा मोबाइलबाट विद्यार्थीले विद्यालयको कोर्ष नसिके पनि इन्टरनेट तथा मोबाइल चलाउने सीप त सिकिरहेको छ भन्ने सकारात्मकतातिर कहिल्यै जान सकेनौ । दोस्रो कुरो बालबालिकाहरु इन्टरनेट र मोबाइल पाए विभिन्न अनलाइन खेल तथा कार्टुन र अन्य भिडियो सामग्रीहरु हेर्नमा व्यस्त हुन्छन् त्यसले उनीहरुको पढइ बिग्रियो भन्दछौँ । यो एक किसिमले ठिक पनि हो तर तिनबाट पनि केही न केही शिक्षा भने अवश्य पाइएको हुन्छ । त्यसै गरी अहिलेको अवस्थामा सामाजिक सञ्जालका फेसबुक, ट्वीटर, युट्युव, टिकटक आदिमा बालबालिका बढी व्यस्थ हुने र त्यसबाट पढाइ बिग्रिएको भन्ने आरोप तथा गुनासो पनि थुप्रै सुन्नमा आउँछ । हामीले बुझ्नुपर्ने कुरो के छ भने कुरो सामाजिक सञ्जाल या इन्टरनेटले बिग्रिएको नभएर हामीले सामाजिक सञ्जालका माध्यमले बालबालिकालाई सिक्ने वातावरण बनाउन नसकेर बिग्रिएको हो भन्ने कहिले बुझ्न सकेनौ । यदि बालबालिकाहरु सामाजिक सञ्जालमा बढी रुचि राख्दछन् भने हामीले सिकाउन खोजेका कुरा पनि समयको माग अनुसार त्यसमै उपलब्ध गराउन नसक्नु हाम्रो समस्या हो । यदि कुनै विद्यार्थी टिकटकमा बढी झण्डिरहन्छ भने शिक्षक तथा अभिभावकले पनि टिकटककै माध्यमबाट उक्त विद्यार्थीलाई सिकाउन सक्नुपर्दछ । यहाँ सञ्जालमा झम्मिनु विद्यार्थीको कमजोरी नभएर समय अनुरुप बालबालिकाका सिकाइ सामग्रीहरुलाई तिनीहरुको माध्यमबाट सिकाउनका लागि आफू अपडेट हुन नसक्नु शिक्षक र अभिभावककै कमजोरी हो । दोस्रो कुरा विद्यार्थीलाई सूचना प्रविधिबाट टाढा राखेर होइन त्यसलाई शिक्षामा कसरी प्रयाग गर्न सकिन्छ भन्ने कुरालाई बुझाउन नसक्नु र त्यसलाई समय अनुसारको वातावरणमा सिकाइको माहोल मिलाउन नसक्नु समस्या हो । अहिलेको समयमा विद्यार्थीको सिकाइका लागि थुप्रै कुराहरु अनलाइनमा मिल्दछन् । त्यत्ति मात्र नभएर शिक्षक समेत अनलाइनमा उपलब्ध हुन्छन् । बालबालिकाहरुलाई आफू पनि उपस्थित भएर उनीहरुलाई सिकाइका लागि सहजता प्रदान गर्ने काम शिक्षक तथा अभिभावकको हो । यसकारण सूचना प्रविधिको महत्व र उपयोगलाई राम्ररी नबुझेर  बालबालिकाका लागि अभिशाप हो भन्न मिल्दैन । बरु अभिभावक तथा शिक्षले आफ्ना विद्यार्थी तथा बालबालिकाहरुलाई सूचना प्रविधिसँग परिचित गराइ त्यसलाई सिकाइमा प्रयोग गर्ने तरिका सिकाउनु पर्दछ । वर्तमान समयमा बालबालिकाहरुलाई इन्टरनेट र मोबाइलबाट टाढा राख्ने कोशिष गर्नुभन्दा बरु यस्ता चिजवस्तु उपलब्ध गराई समय अनुसारको सिकाइका लागि सहजता प्रदान गर्न सक्नु पर्दछ । बालबालिकाहरुलाई बरु उसको पढाइका लागि सहजता प्रदान गर्ने विषयवस्तुलाई खोजिदिएर सूचना प्रविधि मैत्री बनाउन सक्नु पर्दछ । अभिभावक तथा शिक्षककले अनलाइनकै माध्यमबाट अफ्ना नानीबाबुहरुलाई निगरानीमा राखी तिनीहरुका लागि रुचिपूर्ण र ज्ञानबर्धक कुरा खोजेर हर्न लगाउनु पर्दछ । हामीले प्रविधिलाई अभिशापका रुपमा नभएर वरदानका रुपमा त्यसको सदुपयोग गर्न सकेमा बालबालिकाको सिकाइ बढी प्रभावकारी बन्न सक्दछ । 




    प्रतिक्रिया दिनुहोस