शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बालबालिकाकी प्रिय गुरुआमा


पश्चिम प्रेस
आइतबार, फागुन ८ २०७८
  • 956
    Shares

  • images
    images
    बालबालिकाकी प्रिय गुरुआमा

    आफ्नै कोखबाट जन्मेका सन्तानलाई माया गर्ने आमा सबै भए पनि हरेक बालबालिकालाई उत्तिकै माया दिने आमा कोही कोही मात्र हुन्छन् । संसारमा सबैभन्दा कठीन कार्य बोल्न नै नसिसिकेका बालकहरुको मनको कुरा बुझ्नु, त्यसमा पनि आफ्नै बालकको मनको कुरा बुझ्न सजिलो छ तर अर्काका बालकहरुको मनको कुरा बुझ्नु सबैले सक्दैनन् झन त्यसमा अढाई बर्षतिरका बालकलाई आमाबाट छुटाएर विद्यालयमा दिनभरी आफूसँग राखी उनीहरुलाई खुशी पार्नसक्नु धेरै कठीन छ । त्यसैले त विकसित देशहरुमा बच्चाहरुलाई पढाउने शिक्षक विशिष्ट दर्जाको मानिन्छ । जे होस नर्सरी र के जी कक्षाहरुमा बालबालिकाहरुलाई पढाउन जत्तिको कठीन कार्य केही छैन । आमाको काखबाट छुटाएर ल्याएका बालबालिकालाई आफ्ने सन्तान जस्तै मानी खुशी पार्न महान गुरुआमा हुन माया रावल । विगत दश पन्ध्र बर्ष यता जीवनको उत्तरार्धकालमा साना बालबालिकाहरुलाई आफ्नो वात्सल्य पोख्दै आइरहनुहुने माया रावल अछाम जिल्लाको गाजरामा जन्मिनु भएको हो । महेन्द्रनगर बसाइ सरेपछि वैजनाथ स्कुलबाट एस.एल.सी. उत्तिर्ण गरेपछि वैवाहिक जीवनमा प्रवेश गरेकी माया रावलले आफ्नो जीवनको केही समय घर धन्दा र व्यापार व्यवसायमा बिताउनुभयो । सानैदेखि मिहेनती रावलले जीवनमा विभिन्न किसिमका समस्या झेल्दै आए पनि समाजको लागि केही गर्नुपर्छ भन्ने मनाशय लिएर दश पन्ध्र वर्ष यता गाउँकै लिटिल स्टार स्कुलमा शिक्षण गर्न थालिन । संस्थापक शिक्षिकाको रुपमा ससना बालबालिकाहरुलाई पढाउन थालेकी माया रावल बालबालिकाकी प्रिय गुरुआमाका रुपमा चिनिन सफल भइन । बालबालिकालाई ढराइ धम्काइ मात्र शिक्षण गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै प्रेमबाट जुनसुकै कुरा पनि सम्भव बनाउन सकिन्छ मन्ने मान्यतालाई स्थापित गराई छाडिन माया रावलले । सरल स्वभाव र दया मायाकी प्रतिमूति रावल सबै बालबालिकालाई समान रुपले आफ्नै सन्तान सरह माया  गर्नुहुन्छ । हातमा छडी लिएर हिड्ने परिपाटीलाई त्याग गर्दै बालबालिकाको लागि चकलेट र रुमाल हातमा लिइ कक्षामा प्रवेश गर्ने गुरुआमा पाएपछि बालबालिकाहरु पनि मख्ख पर्दछन् । विभिन्न किसिमका मनोवैज्ञानिक शिक्षण विधिको प्रयोग गरी बच्चाहरुको मन जितेर पढउने गुरुआमा अरु शिक्षक सहपाटीकी पनि प्रिय पात्र बन्न सफल हुनुभएको छ ।  अरु सबै शिक्षक शिक्षिकाहरुले पनि उनबाट केही न केही अनुसरण गरेकै हुन्छ । 


    ससना बालबालिकाहरु पनि एक दिन उनीसँग बसेपछि दोस्रो दिनदेखि खुशीले उफ्रिदै कक्षामा आउँन मन गर्दछन् । हसिलो सुन्दर चेहर, मायालु बोली, समान व्यवहार उनको लोप्रियताका गहना हुन साथै बच्चाहरुलाई कम समयमै आफ्नो मायाको आँचलमा बाधेर धेरै कुरा सिकाउन सक्ने खुबी उनमा पाइन्छ । बिहानै घरधन्दा सकेर चिटिक्क परी समयमै विद्यालयमा पुग्नु हुन्छ, अभिभावकहरुसँग भलाकुसारी गर्नुहुन्छ, बच्चाहरुबारे आवश्यक सल्लाह दिनुहुन्छ अनि मुस्कुराउँदै बच्चाहरुलाई कक्षाकोठामा लगेर पढाउनु हुन्छ । उनको कक्षाकोठामा बस्न मन नपराउने बालक कमै मात्र होइन कोही हुँदैन । सबै बालबालिका उनको वरिपरी रमाएर झुम्मिने गर्दछन् । कसैलाइ मुसारी, कसैलाई हसायी सबैलाई खुशी पानुहुन्छ । कुनै बच्चा रोइहाले काखमा लिनुहुन्छ चकलेट खुवाउनुहुन्छ विभिन्न कथा र बालगीतहरु सुनायी मख्ख पार्नुहुन्छ । बालबालिकाहरुलाई चट्ट सफा परेर राख्नुहुन्छ, बालबालिकाहरुले पनि मुक्तकण्ठले उनको प्रसंसा गर्न पछि पर्दैनन् । विद्यालय भरीमा सबै बालबालिकाकी प्रिय गुरुआमा बनेर रहनुभएको छ । केवल बालबालिकहरु मात्र होइनन् सबै शिक्षक र अभिभावक समेत उनको व्यवहारले प्रभावित भएका हुन्छन् , आँखिर शिक्षक होस त यस्तो सबैको सामु उदाहरणको रुपमा प्रस्तुत हुन सफल भएकी छिन् । हरेक वर्ष विद्यालयमा हुने विभिन्न सभा समारोहहरुमा पनि वरिष्ट शिक्षिकाको रुपमा सम्मान पाउने गरेकी छन् भने विभिन्न वार्षिकोत्सवहरुमा उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान तथा पुरस्कार पनि पाउन सफल भएकी छिन् । 


    यसरी साना बालबालिकाहरुमा माया प्रेमको जादूगरीले ज्ञान भर्ने कला सिकोस त कोही उनबाट नर्सरीमा पास भएको बच अरु शिक्षकसँग एल. के.जी. मा जान मनै गर्दैन जबसम्म नयाँ शिक्षकले उसको मन जित्न सक्दैन । समाज सुधार गर्नु छ भने बालबालिकालाई सानै देखि असल बानी व्यहोरा सिकाउनु पर्दछ तब मात्र समग्र समाजको नैतिकवान र आदर्शमय बन्दछ भन्ने सोच उहाँले राख्नुहुन्छ । नैतिक चरित्रलाई नै सबैभन्दा बढी महत्व उहाँले दिनुहुन्छ । बालबालिकालाई डराएर पढाउनु हुँदैन माया प्रेमले उनिहरुको मन जित्न सके मात्र उसले कक्षामा बस्न रुचाउछ र बिस्तारै पढाइप्रति रुचि देखाउछ भन्ने कुरा सबैलाई बताउनुहुन्छ । साना कक्षाका बालबालिकाहरुलाई डर त्राश दिएर पढाउँदा उनिहरु झन कमजो हुँदै जाने भएकाले उनीहरुको इच्छाअनुसार विभिन्न खेलका माध्यमबाट पढाउन सके शिक्षणसिकाइ गुणस्तरीय बन्न सक्ने कुरामा उहाँले जोड दिनुहुन्छ । शिक्षा नै जीवनको सर्वोत्तम धन हो यसकारण बालबालिकाहरुलाई उचित शिक्षादिक्षा दिएर उनीहरुको जीवनमा उज्यालो भर्ने महान कार्यमा आफूलाई आनन्द लाग्ने विचार राख्नुहुन्छ । यसरी बालबालिकाहरुको मन जितेर शिक्षण गर्दै आइरहनुभएकी माया रावल सबै बालबालिकाकी प्रिय गुरुआमा बनेर रहनुभएको छ । 


    प्रतिक्रिया दिनुहोस