महेन्द्रनगर । कञ्चनपुरका सबै विद्यालयहरुमा १२ वर्ष माथिका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाईदै छ ।
आईतबारदेखि जिल्लाका नौवटै स्थानीय तहहरुले विद्यालयमै पुगेर मोडर्ना खोप दिन सुरु गरेका हुन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपपुरका प्रमुख शिवराज सुनारले आईतबारदेखि विद्यार्थीहरुलाई खोप दिन सुरु गरिएको बताए । ‘जिल्लाभरी करिब ५ सय जति विद्यालय छन ।’ स्वास्थ्य प्रमुख सुनारले भने–‘आईतबारदेखि विद्यालयमा गएर खोप लगाउन सुरु गरिएको छ । यो अभियान १४ गतेसम्म चल्छ ।’ अहिले १२ वर्ष देखि १८ वर्षसम्मका ६५ हजार बालबालिकाले खोप पाउने अनुमान गरिएको छ ।
नौ वटै स्थानीयतहमा रहेका निजी र सामुदायिक गरी ५ सय १ विद्यालयमा स्वास्थ्यकर्मीको टोली पुगेर खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कञ्चनपुरमा हालसम्म १८ वर्षमाथिका ६९ प्रतिशतलाई पहिलो मात्रा र ३९ प्रतिशतलाई दोस्रो मात्रा खोप लगाइएको छ । जिल्लामा १८ वर्षमाथिका ३ लाख ५२ हजारलाई खोप दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
.gif)