बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

गौरा पर्वमाइ खेलिन्या ड्यौडा खेल 


बुधबार, जेठ १८ २०७९
  • 1.2K
    Shares

  • images
    images
    गौरा पर्वमाइ खेलिन्या ड्यौडा खेल 

    मानसखण्ड क्षेत्रमाइ (सुदूरपश्चिम क्षेत्रमाइ) बस्स्या मान्सनो सभ्यता रे संस्कृति झल्कउन्या धरोहरा रुपमाइ गौरा पर्व पडन्छ । यइ पर्वमाइ घघरियानलाई (नारीनलाई) श्रेष्ठ बनाइ राखिछ । शिव रे पार्वतीका व्यासित जोडिएकी गौरा पर्वकी महिमा अपरम्पार छ । यइ पर्वकी महिमा पाँच विरुडानसित जोडियो त छनइछ, रे सङसङै यइ त्यारो लिला खेलमालनसित लई भउतै गइलो छ । गौरा ल्यउन्या बेला नचउन्या बेला, सेलउन्या बेला, चैतोलमाइ भउत किसिमका मांगलगित ढुस्को, धमारी रे देउडा खेल खेलिनान । ड्यौडा गौरा पर्वको एक हिस्सा मात्ररै हो । लोक साहित्यको एक हिस्सा लोक वार्ता या लोक गित हो । लोक गित रे लोक नाँचो संयुक्त रुप ड्यौडा खेल हो भुण्णो ठिकै होलो । यो खेल खेल्या बेला डेड पाइला अइतिर हिड्ड पड्या हुनाले इयको नउ ड्यौडा रएकि कुरडी जगजाहेरै छ । ड्यौडाको उत्पत्ति रे विकास मानसखण्ड क्षेत्रका मान्सनो सभ्यताको विकास रे गौराको उत्पत्ति रे विकासै सित जोडियो धेकिन्छ । मानसखण्ड क्षेत्रका मान्सनो रन्याखन्या रे संस्कारनको उत्पत्तिसित जोडिएका ड्यौडा समय अन्तरालमाइ अइतिर बडिबटी धर्मका गित, वीरनका गाथा, समाजमाइ चेतना जगउन्या, राजनितिक चेतना जगउन्या, घोजपेच गद्दा, हसउन्या, समाजकी छाइल टलक्क धेकउन्या, सोराइ मेट्या, मायाप्रिता बतउन्या भउत विषयबस्तुनमाइ ड्यौडा खेल खेलिन्छ । गौरामाइ खेलिन्या रे यइ मानसखण्ड क्षेत्रका और देवीदेवताकी जाँतनमाइ विभिन्न ढप, न्यौल्या, साल्लि, सीता वनबास,...... माइ  खेलिन्या, यइ क्षेत्रा नारीनले वनबेतमुणि डाँडाखोला घन्काई गाइन्या ड्यौडानका दुई चार झल्का इसा छन् :


    १. आमभाडी आमको खोट्टो, चिउडी भाडी खुल्लो 
       साइ तमले बाटुली लायो, मइ कुसरी झुल्लो 


    २. इति लम्बी काली गंगा, कइ झाँजर छिरी 
       हास्या खेल्या रंगी जोवन, आउन्या है कि फिरी 


    ३. वनै रन्या न्याउली चडो, वनैमा हरायो
       तीनसय साठी कि भीट गौराले गरायो 


    ४. कसैका जिउनारी बासी ,कसैका पेट भोका 
       गरिबका बेहाल भय ,भष्मै लेखा जोखा 


    ५. कापी कलम क्याइ समौनु, चिठी नलेख्याले
       अगौतो क्याइ झानु पड़यो, बाटो नधेक्याले


    सवाल जवाफ
    सवाल–केैकीलाइ उकालो ठूलो, कैकीलाइ रात ठूली
          काँ हुन्च धनपैसा ठूलो, काँ हन्चे बात ठुली


    जवाफ– भरीयाकी उकालो ठूलो, दुख्खिलाई रात ठूली 
          प्रदेश (अड्डामा) धन पैसा ठुलो, सभाकी बात ठूली 


    सवाल- विपत्तिलाई क्याले खान्छ, बुद्धिलाई कि खान्या 
           ज्ञानको क्या चुरो पाड, झुटीकि लैझान्या 


    जवाफः दानले विपत्ति खान्छ, रिस बुद्धि खान्या 
         ज्ञान नस्ट घमन्डले, झुटि नउ डुबउन्या 


    सवाल - का बठे कपडा भया, का बठे ऊन भयो 
            का बठे समुन्द्र भयो, का बठे सुन भयो 


    जवाफः कपासले कपडा भया, रौँ बठे उन भयो 
            काखि है समुन्द्र भयो, खानी है सुन भयो  
    अन्तमा, 
    सबै मिलि बचाउनु छ सुदूरको संस्कृति 
    निका काम अइतिर बढाऔं, झाडिबटी बिकृति  




    प्रतिक्रिया दिनुहोस