सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

रानाथारु समुदायमा देवारी रौनक


पश्चिम प्रेस
बिहीबार , कात्तिक १८ २०७८
  • 751
    Shares

  • images
    images
    रानाथारु समुदायमा देवारी रौनक

    महेन्द्रनगर । रानाथारु बस्तीमा केही दिनयता चहलपहल बढेको छ । रानाथारु समुदायले तिहारलाई ‘देवारी (तिहार)’ पर्वका रूपमा मनाउने गर्दछन । देवारी मनाउन रानाथारू बस्तीमा केही दिनदेखि चहलपहल बढेको हो ।  ‘देवारीका लागि लिपपोत चलिरहेको छ,’ आफ्नो घर आँगन लिप्दै गरेकी शान्ति रानाले भनिन । ‘जेठमा लिपपोत गरेपछि बर्खामा पखालिएको हुन्छ, देवारी पनि आउँछ त्यही भएर लिपपोत गर्छौं ।’ उनका अनुसार असोज शुक्लपक्षमै कुलदेवताको थानमा लिपपोत गरेपछि सबैले घरघरमा लिप्छन । त्यतिबेला लिपपोत गर्न नपाएकाहरू देवारीको अगाडि लिपपोत गर्छ ।

     कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका रानाथारू समुदायको मुख्य पर्व होली हो । उनीहरूले करिब डेढ महिनासम्म होली खेल्ने गर्छन । होलीपछिको अर्को मुख्य चाड देवारी हो । कात्तिक शुक्लपक्षको दोस्रो दिन मनाइने भएकाले पनि यसका नाम देवारी रहन गएको हो ।
    देवारीका दिन घरका सबैभन्दा जेठो महिला राति दुई÷तीन बजे भाले बास्नुभन्दा अगाडि नै उठछिन । नुहाइधुवाइ गरेर सुप्पो र पन्यू लिएर घर बाहिर निस्किन्छन । ‘इशु आओस, दरिद्र जाओस्’ भन्ने गीत गाउँदै पन्यूले सुप्पो बजाउँदै घर बाहिर र भित्र परिक्रमा गरेपछि कुलदेवताको पूजा गरिन्छ । पूजा गर्दा कतिपयले कुखुराको बलि दिन्छन् भने कतिपयले बलि दिँदैनन । त्यसपछि बिहान भएपछि बलि दिएको कुखुराको मासुसंँगै भात, दाल र तरकारी पकाइन्छ । कान्तिपुरबाट


    प्रतिक्रिया दिनुहोस