मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कोपा अमेरिका : भोलि बिहान ब्राजिलले कोलम्बियाको सामना गर्दै


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 966
    Shares

  • images
    images
    कोपा अमेरिका : भोलि बिहान ब्राजिलले कोलम्बियाको सामना गर्दै

    काठमाडौं- कोपा अमेरिकाअन्तर्गत भोलि (बिहीबार) बिहानको खेलमा आयोजक ब्राजिलले कोलम्बियाको सामना गर्दैछ।

    प्रतियोगितामा दुई जित निकालेको ब्राजिल बिहीबार बिहान नेपाली समयअनुसार पौने ६ बजे ओलम्पिक रंगशालामा कोलम्बियासँग भिड्न लागेको हो।ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलाविरुद्ध ३-० र दोस्रो खेलमा पेरुविरुद्ध ४–० गोलको जित निकालेको थियो।

    यता कोलम्बियाले समूह चरणका तीन खेले खेलेको छ। जहाँ उसले एक जित एक बराबरी र एक हार बेहोरेको छ। उसले पहिलो खेलमा इक्वेडरसँग १-० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो।त्यस्तै, तेस्रो खेलमा कोलम्बियाले पेरुसँग २-१ गोल नतिजा व्यहोरेको थियो। बिहीबार बिहानकै अर्को खेल चाहि २:४५ मा सुरु हुनेछ। उक्त खेलमा इक्वेडरले पेरुको सामना गर्नेछ। पहिलो खेलमा हार बेहोरेको इक्वेडरले दोस्रो खेलमा भेनेजुएलासँग २–२ गोलको बराबरी खेलेको थियो।

    यता पेरुले ब्राजिलसँग हार बेहोरेको थियो भने कोलम्बियालाई जितेको थियो। यी दुवै खेल समूह बीका हुन्। जहाँ ब्राजिल, कोलम्बिया, पेरु, भेनेजुएला र एक्वेडर क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र अन्तिम स्थानमा छन्।

    पुछारको इक्वेडरको एक अंक हुँदा भेनेजुएला, पेरु, कोलम्बिया र ब्राजिलको क्रमशः २, ३, ४ र ६ अंक छ


  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • प्रतिक्रिया दिनुहोस