१. पृष्ठभूमि
मानवको उत्पत्तिदेखि नै उसले आफ्नो दैनिक व्यवहारका निमित्त विभिन्न कुराहरुको व्यवस्था गर्नका लागि ठूलो सङर्घष गर्नुप¥यो । उसले सर्वप्रथम खानका लागि वस्तुहरु खोज्ने, बासका लागि सुरक्षित ओत तथा ओडार खोज्ने काम ग¥यो । सुरुसुरुमा भोक लाग्ने बित्तिकै खाना खोज्ने मानिसले केही समय पश्चात् एक दिन पाएको खान बढी भयो भने भोलिका निम्ति सुरक्षित गर्ने कार्य ग¥यो । बास असुरक्षित भएमा उचित स्थानको खोजी ग¥यो र बिस्तारै उसले आफ्नो वरिपरिको भूमि आफ्नो अधिनमा राखी त्यसको सुरक्षाका प्रबन्धहरु मिलाउन तर्फ उसको ध्यान केन्द्रित भयो । आफूले गर्न नसकेको कार्य अरुबाट सहयोग लिने, आफूसँग नभएको कुरा अरुसँग माग्ने, अरुलाई दिने, वस्तु साँटासाँट गर्ने कार्य ग¥यो । यिनै ससना कुरालाई व्यवस्थित गर्दै जाँदा उसले आफ्नो परिवारे गाउँ, समाज हुँदै राष्ट्रसम्मको परिकल्पना ग¥यो र वर्तमान युगमा आइपुग्दा विश्वव्यापीकरणका सिद्धान्तहरुमा जीवन चलाउनसम्म सक्षम हुँदै गइरहेको छ । मानिसका यस्ता क्रियाकलापहरुको अध्ययन गर्ने हो भने मानव जीवनको उदयसँगै अर्थशास्त्रको पनि उदय भएको मान्न सकिन्छ ।
‘अर्थशास्त्र’ शव्द ‘अर्थ’ र ‘शास्त्र’ मिलेर बनेको छ । यहाँ ‘अर्थ’ भन्नाले धन र ‘शास्त्र’ भन्नाले ज्ञान, विधि तथा पद्दति भन्ने बुझिन्छ । यसरी अर्थशास्त्र भनेको धन सम्बन्धी अध्ययन गर्ने शास्त्र भन्ने हुन्छ । अर्थशास्त्र मानिस, परिवार, समाज र राष्ट्रको आवश्यकता पूर्तीका लागि आवश्यक पर्ने धनसँग सम्बन्धित राज्य र त्यसभित्रको भूगोल, पेशा, व्यवसाय, उद्योग, कर आदि सम्पूर्ण कुराहरुको अध्ययन गर्ने शास्त्र हो । मानिसले समाजमा बसेर विभिन्न आर्थिक व्रिmयाकलापमार्फत आयआर्जन गरिरहेका हुन्छन्, जस्तै ः कृषकले अन्न उत्पादन, सिकर्मीले काठको काम, डकर्मीले माटोको काम, ड्राइभरले बस चलाउने काम, सेना प्रहरीले सुरक्षा सम्बन्धी काम गरेर आम्दानी गर्दछन् । समाजमा हुने यस प्रकारका आर्थिक व्रिmयाकलापहरूको अध्ययन गर्ने शास्त्रलाई अर्थशास्त्र भनिन्छ (ज्ञावाली र दुलाल ः २०७६) । मानिस सामाजिक प्राणी हो । उसले सामाजिक तथा व्यक्तिगत जीवन यापनका लागि विभिन्न किसिमका आर्थिक क्रियाकलाप गरिरहेको हुन्छ । विभिन्न पेशा, व्यवसाय गर्ने मानिसले विभिन्न किसिमका उत्पादन गरिरहेको हुन्छ । यस्ता विविध कार्यबाट मानिसले आम्दानी प्राप्त गर्दछ । यसरी समाजमा हुने आर्थिक क्रियाकलापको अध्ययन गर्ने शास्त्र नै अर्थशास्त्र हो ।
पूर्वीय वाङ्मयका महान दार्शनिक चाणक्य कौटिल्यद्वारा इसाको चौथो शताव्दी तिर रचना गरिएको अर्थशास्त्रलाई कौटिल्य अर्थशास्त्र भनिन्छ । तत्कालीन समयमा भारतको आर्थिक तथा सामाजिक अवस्थाको जानकारी दिन र सही बाटो अवलम्बन गर्न महत्वपूर्ण योगदान गरेका कौटिल्यले पूर्वीय वाङ्मयमा चाणक्य कौटिल्यले अर्थशास्त्रको परिभाषा र व्याख्या विश्लेषण गरेको पाइन्छ । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति अर्थात मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो भनेर परिभाषित गरेको पाइन्छ । उनका अनुसार मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो । कृर्षि तथा मानिसका वसोबासका लागि प्रयोग हुने भूमि व्यक्ति र राज्यको आयस्रोत हो । यसकारण यसमा प्रतिफलको अध्ययन र वृद्धिका उपायहरुको व्याख्या गरिन्छ ।
पूर्वीय अर्थशास्त्र परम्परामा चाणक्य कौटिल्यको महत्वपूर्ण स्थान रहेको छ । कौटिलीय विचार अनुसार राज्यका सात अङ्ग हुन्छन,् स्वामी, अमात्य, कोष, दुर्ग, दण्ड, जनपद र मित्र । उनको विचारमा पदार्थ, वित्त, सार्वजनिक वा व्यक्तिगत सम्पत्ति, सुन, चाँदी संचित गरिएको अर्थ, श्री अर्थात् समृद्धि, भोग गर्न सकिने कुरा, विनिमय र हस्तान्तरीय वस्तु यी सबै भौतिक धन हुन् । राष्ट्रलाई आर्थिक रूपमा सम्पन्न तुल्याउन उनले कृर्षि, पशुपालन र वाणिज्यलाई निकै महत्व दिएका छन् । कौटिल्य एक ऋषि जीवन बिताउने व्यक्ति र विभिन्न किसिमका नीति र उपदेश पनि दिने भएकाले संस्कृत वाङ्मयमा उनको नाम बडो आदरका साथ लिइन्छ । उनका नीति तथा उपदेशहरुले समाजलाई समेत चलाएको र जनजीवनमा उनका नीतिहरुको विशेष प्रभाव रहेको पाइन्छ । यसकारण कौटिल्यको अर्थशास्त्र पनि नीतिसँगै जोडिएर रचना गरिएकोले पूर्वीय राज्य व्यवस्था एवम् अर्थव्यवस्थामा कौटिल्यको महत्वपूर्ण प्रभाव परेको देखिन्छ ।
२. तत्कालीन डोटी राज्यमा कौटिल्य अर्थशास्त्रको प्रभाव
नेपाल एकीकरण हुनु भन्दा पहिले यस क्षेत्रमा स–सना बाइसे चौबिसे राज्यहरुमा अवस्थित थिए । वर्तमान नेपालको सुदूरपश्चिम प्रदेश पनि तत्कालीन समयमा डोटी राज्यको रुपमा अवस्थित थियो । डोटी एक विशाल र समृद्ध राज्यको रुपमा परिचित भएको इतिहासकारहरु बताउँछन् । यो आफैमा स्वतन्त्र राज्य थियो । यसले आफ्नै राज्यव्यवस्था तथा अर्थव्यवस्था, कृर्षि प्रणाली, पशुपालन व्यवशाय, उद्योगधन्दा व्यवस्थित गरेको पाइन्छ । राज्य सञ्चालन तथा राज्यको विकासका लागि यस राज्यले विभिन्न किसिमका करहरुको निर्धारण गरेको र उक्त कर र जनताको सहयोगमा विभिन्न किसिमका किल्ला, देवलहरु, बाटोघाटो, पाटी पौवा निर्माण गरेको पाइन्छ । यस राज्यमा विभिन्न समयमा मल्ल, पाल, चन्द आदि राजाहरुले राज्य गरेको इतिहास पाइन्छ ।
२.१ राज्य व्यवस्थामा कौटिल्यको प्रभाव
पूर्वीय दार्शनिक चाणक्य कौटिल्यले राज्य विधिलाई राजा र प्रजाबीचको पारस्परिक कर्तव्यको विषय मानेका थिए । उनले सबै शास्त्रहरुलाई अनुसरण गरी त्यसको प्रयोगमा समेत जानकारी राख्दै राजा (चन्द्रगुप्त) को लागि शासन विधि निर्माण गरेको विचार व्यक्त गरेका थिए (शर्मा ः २०५७) । पुरातत्वविद्हरुका अनुसार उक्त समय ३२१ इसापूर्वदेखि २९६ सम्म निशिच्त गरेको देखिन्छ । कौटिल्यद्वारा प्रतिपादित उक्त शासन विधिको प्रभाव केही हदसम्म तत्कालीन डोटी राज्यमा पनि परेको पाइन्छ । कौटिल्य अर्थशास्त्रमा उल्लेख भएका राज्य व्यवस्था सम्बन्धी विषयहरुमा राजा, जनपद, दुर्ग, कोश, दण्ड, मित्र आदि अनुसार डोटी राजयमा पनि राजा,काजी (आमात्य, मन्त्री), गोसाईँ, सिपाइ, पैक्ला तथा जाधार आदिको व्यवस्था भएको पाइन्छ । कौटिलयकै अनुसार राजा सूर्यवंशी र चन्द्रवंशी ठकुरीहरुलाई राजा हुने व्यवस्था थियो । राजाको प्रमुख सल्लाहकारमा ब्रह्मणहरुलाई राज पुरोहितका रुपमा राखिन्थ्यो । राजा र प्रजाबीचको सम्बन्ध पनि आत्मिय र विश्वासमा अडेको हुनुपर्ने विषयमा यस राज्यमा पनि राजालाई विष्णुको अवतारका रुपमा मान्ने र प्रजालाई सन्तानको रुपमा मान्ने प्रचलन थियो ।
२.२ सामाजिक व्यवस्था तथा शान्ति सुरक्षामा कौटिल्यको प्रभाव
डोटेली समाज हिन्दु आदर्शमा बाँचेको समाज हो । यहाँका हरेक सामाजिक चालचलन हिन्दु परम्परा अनुसार हुने गरेको पाइन्छ । कौटिल्य एक दार्शनिक र नीतिका मर्मज्ञ भएका हुनाले र संस्कृत भाषालाई देव भाषाका रुपमा स्वीकार गरेको डोट्याली समाज पनि नैतिक विकासका सन्दर्भमा कौटिल्यका नीति पढ्दै अगाडि बढेकाले तत्कालीन डोटीको सामाजिक व्यवस्थामा पनि कौटिल्यको प्रभाव रहेको पाइन्छ । समाज तत्कालीन वर्ण व्यवस्था अनुसार चार वर्गमा विभाजन भएको भए पनि धर्म र परम्पराले सम्पूर्ण जातजातिलाई एक सुत्रमा बाधेको पाइन्छ । हरेक जाति अनुसारको पेशा, धार्मिक नीति, सामाजिक हक आदिको व्यवस्था डोटी राज्यमा पनि रहेको पाइन्छ । डोटी राज्यमा शान्ति सुरक्षाका लागि राजा नागमल्ल पूर्व सेना नभएका र तत्कालीन अवस्थामा राजा र प्रजाले नै राज्यको सुरुक्षा गर्ने गरेको पाइन्छ । सेना समुह गठन गर्ने पहिलो राजा नागमल्ल देखिएका छन् । त्यो भन्दा पूर्व झाराकटक भन्ने चलन थियो । कुनै राज्यसँग आइलाग्दा र जाइलाग्दा राज्यभित्रका प्रत्येक घरधुरीबाट एक जवान अनिवार्य युद्ध गर्न र सामना गर्न सामेल हुनुपर्ने बाध्यता थियो (भट्टराई ः २०७०) सेनाले जनधनको सुरक्षा गर्ने कुरामा पनि डोटी राज्यको पहरीका रुपमा सेनाहरुको व्यवस्था गरिएको थियो । सेनाले आफ्नो भूमिको रक्षा गर्दथ्यो । त्यसैगरी राज्यका प्रशाशनिक तथा न्यायिक कर्मचारीका रुपमा प्रत्येक गाउँमा मुखिया, भलादमी, आदि राख्ने गरेको पाइन्छ । त्यसै गरी भण्डारको व्यवस्था र जिम्माका लागि भण¥या नियुक्त गर्ने चलन थियो ।
२.३ आर्थिक व्यवस्थामा कौटिल्यको प्रभाव
हरेक व्यक्ति वा राज्य अर्थबिना अपुरो हुन्छ । यसकारण उसले जीवन यापनका लागि अर्थको जोहो गर्नुपर्ने हुन्छ । तत्कालीन समाज कृषिमा आधारित भएकाले त्यस बेलाको धन भनेको विभिन्न भूमि, रत्न, अन्न, गोरस, पशुपंक्षी आदि नै धनसम्पत्तिका रुपमा आउने गर्दछन् । डोटेली अर्थव्यवस्थामा पनि कौटिल्यको प्रभाव परेको पाइन्छ । कौटिल्यले राज्यको विकासका लागि राज्यको सूरक्षा गरेबाफत कर लिनुपर्ने कुरा उल्लेख गरेको पाइन्छ । डोटी राज्यमा पनि राज्यको विकासका लागि विभिन्न किसिमका करहरुको स्थापना गरिएको पाइन्छ । भूमिकर, पशुकर, बालीकर आदि जस्ता करहरुको निर्धारण गरी राजकाज सञ्चालन गर्ने तथा बाटाघाटा, मठ मन्दिर, चौतारा, देवल, कोट, उद्योग आदि निर्माण गर्ने गरेको पाइन्छ । समाजको समग्र आर्थिक विकासका लागि सहकारितामा आधारित उद्योग व्यवसायहरु जस्तै ः घट्ट, कोल, आँफर, आदिको व्यवस्थापन गरेको पाइन्छ । भूमिलाई मठमन्दिर र कोटका नाममा गुठी र व्यक्तिका नाममा रैकर गरी दुई भागमा विभाजन गरेको पाइन्छ । गुठी जग्गाको कर नलाग्ने र रैकर जग्गामाथि अन्न उत्पादनको छ खण्डको एक खण्ड रैतिले राज्यलाई बुझाउनु पर्दथ्यो । पछि गएर चाल खण्डको एक खण्ड बालीकर असुल्ने गरिन्थ्यो । चाणक्यले आत्म निर्भरतामा जोड दिएको पाइन्छ । सो को प्रभाव डोटी राज्यमा पनि परेको र हालसम्म पनि आत्मनिर्भर आर्थिक व्यवस्था कृषि, पशुपालन तथा ससाना घरेलु उद्योग मात्र सञ्चालनमा रहेको पाइन्छ ।
डोटी समुदाय संस्कृत वाङ्मयमा हुकेर्को हुनाले संस्कृत वाङ्मयका आचार्यहरुका कुरा नीतिलाई पाप र पुण्यका आधारमा हेर्दथे । यसकारण सँस्कृतका धेरैजसो ग्रन्थको प्रभाव डोटेली अर्थव्यवस्थामा पर्नु स्वभाविक हो । कौटिल्य हिन्दु दर्शनका महत्वपूर्ण दार्शनिक भएकाले उनका दर्शनको प्रभाव हाम्रो समाजमा अझै पनि चलिरहेको पाइन्छ । डोट्याली अर्थ व्यवस्थामा पनि उनको अर्थशास्त्रको प्रभाव परेको पाइन्छ । यस क्षेत्रको राज्य व्यवस्था, कर प्रणाली, शान्ति सुरक्षा आदि जस्ता विषयवस्तुमा यसको प्रभाव परेको देखिन्छ । उनको अर्थशास्त्रमा थुप्रै जीवनोपयोगी कुरा पनि भएकाले त्यसको अध्ययन गरी वर्तमान राजनीतिमा पनि यसको लाभ लिन सकिन्छ ।
सन्दर्भ सामग्री
अधिकारी, ओमप्रकाश (२०६८) चाणक्य नीति, श्री दुर्गा साहित्य भण्डार, वाराणसी
ओझा, आत्माराम (२०६५) सु.प.को इतिहास परिचय, कञ्चनपुर
प्राणनाथ, श्रीयुत विद्यालङ्कार (१९२३) कौटिल्यका अर्थशास्त्र, मोतिलाल वनारसी दास, लाहौर
भट्टराई, भोजराज (२०७०) डोटी राज्यको इतिहास, ललितपुर
शर्मा, निलम कुमार (२०५७) सार्वजनिक वित्त, वित्तीय प्रणाली र अन्तर्राष्ट्रिय व्यापार अर्थशास्त्र, पैरवी प्रकाशन, काठमाण्डौँ
सुवेदी, खेमराज र अन्य (२०१८) व्यवसायिक अर्थशास्त्र, ड्रिमलेण्ड पव्लिकेशन प्रा.लि. काठमाण्डौँ
ज्ञावाली, सञ्जय र रामप्रसाद दुलाल (२०७६) अर्थशास्त्र कक्षा १० स्वाध्याय सामग्री, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुर
.gif)