सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महँगीको मारमा सर्वसाधारण

निमार्ण सामाग्रीदेखी दैनिक उपभोग्य वस्तुको मुल्य दिनप्रतिदिन बढ्दै


पश्चिम प्रेस
सोमबार, फागुन २३ २०७८
  • 721
    Shares

  • images
    images
    महँगीको मारमा सर्वसाधारण

    महेन्द्रनगर । दिनप्रतिदिन भइरहेको मुल्य वृद्धिले सर्वसाधारण मारमा परेका छन । एक महिनाअघिसम्म फलामे छडको मूल्य प्रतिकिलो ७० रुपैयाँ थियो । आइतबारसम्म उक्त मूल्य वृद्धि भएर १२१ रुपैयाँ पुगेको छ । फलामे छडको मात्रै होइन सिमेन्ट, इँटालगायत निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माण व्यवसायीदेखि सर्वसाधारण सबै मार्कामा परेका छन । 

    निमार्ण सामाग्री मात्रै होइन खाने तेल,तरकारी लगायतका अन्य दैनि उपभोग्य वस्तुको मुल्य समेत दिनप्रतिदिन बढ्दै गएको छ ।  त्यस्तै पेट्रोलियम पदार्थमा निरन्तर भइरहेको मूल्य वृद्धिले ढुवानी बढेर सिमेन्टको मूल्यसमेत बढेको व्यवसायीहरू बताउँछन । पेट्रोलियम पदार्थमा मुल्यवद्धि भएर हालसम्मकै उच्च १५० पुगेको छ । त्यसैगरी कञ्चनपुरमा इँटाको मूल्य पनि प्रतिगोटा १६÷१७ रुपैयाँ पुगेको छ । यस वर्ष हिउँदमा समेत लगातार वर्षा भएको र इँटा उत्पादनका लागि आवश्यक कोइलालगायत कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण गत वर्षको तुलनामा महँगो भएको व्यवसायीहरूले बताएका छन ।

     

     


  • सम्बन्धित विषय:

  • # महँगीको मारमा सर्वसाधारण
  • # मुल्य वृद्धि
  • प्रतिक्रिया दिनुहोस