महेन्द्रनगर । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन ।
ठेक्कापट्टाबाट लिएको काममा मूल्यवृद्धि अनुसार नै लागत स्टिमेट वृद्धि हुनुपर्ने र मूल्य समायोजन नभए निर्माण कार्य रोकेर ‘कन्सट्रक्सन होली डे’ गर्ने संघका अध्यक्ष प्रेमप्रकाश भट्टले जानकारी दिए । मूल्यवृद्धि ह्वात्तै भएपछि सोहीअनुसार निर्माण कार्यको लागत बढाउन व्यवसायीले दबाब दिन थालेका छन् ।
.gif)