हर्क्या : ओहो धौली आज त झट्टै आइगी ।
धौली : अँ भण्याँ आज रात्तनि खाना पाकिग्यो, इजाबाबा लै अस्पताल गया तब ।
हर्क्या : अस्पताल क्याइ ? कैलाइ कि भयो ?
धौली : हेरै त धैँ हर्क्या पारे तल्लागाउँकि कथुरालाइ कोरोना लागिरैछ भण्यो, तब इजाबाबा उइकि खपर गया
हर्क्या : ओहो एइ कोरोनाले लै आपत छ भण्याँ धो : धो : स्कुल लाग्गुपैरैथ्या, बजार खुल्लुपैरैथ्या रे आँजी गाउँइमाइ कोरोना धेकिग्यो ।
धौली : है भण्याँ को कोरोना कसो बिमार आयो, कब सकेलो दिग्दार होइगै भण्याँ ।
हर्क्या : कोभिड १९ भण्या एक भाइरस हन्छ भण्यो, एइको सङ्क्रमण भयाबरे अपरझट जर औन्या, रुगा लाग्या, सास फेद्दाकि असजि हन्या हन्छ भण्यो ।
धौली : तसो भया त यो डरलाइन बिमार रैछ । मथुरालाइ लै बेलिरातबठे कतिब जर आयो रे सास फेद्दाकि असजि भयो भण्णाथ्या ।
हर्क्या : ए तसो भया त कोरोनाइ होलो । झट्ट ढङ्ङा अस्पताल झाइबरे जाँच गरुन पड्यो ।
धौली : ढङ्ङा अस्पताल झाइबरे कि हुन्या हो ? दवाइ त केइन बनिरै भण्यो रे कस्याँ निको हन्या हो ?
हर्क्या : हेर धौली तसो नाइ हो, अस्पताल गयाले डाँक्टर उइलाइ साहस दिनान, और केइ बिमार भयाले कम गद्याय कोशिस गद्दान, आइसोलेसनमा राखिबरे सार फेद्दाकि असजि भया अक्सिजन दिनान रे सप है ठूलि कुरडि़ त उइबठे औरलाइ बिमार सद्द नाइदिना ।
धौली : तसो भया त निको भयो ला ¥यान आब तै मथुराबठे टाड़ा बस्सुपड्यो हमले लै । गाउँमुणि आयाबरे त और लै सद्या भयो, तैबठे बच्चु छ आब ।
हर्क्या : हमले कसै लै कोरोना लाग्या बिमारिबठे थोड़ा टाड़ा त बस्सु पड़न्छ तब लै उनरि हेलासार नाइगद्दुपड्डो । माक्स लाइबरे थोड़ा टाड़ा रैबरे उइकि खपर झान सक्कुँ । तसेइ उइलाइ साहस दिन सक्कु, हम छु केइनाइहन्या भणिबरे ।
धौली : तस्याँ सर्याबरे कि होलो ?
हर्क्या : यो महामारि संसारका सप्पै मान्सुनकि लेखा चुनौतिका रुपमाइ धेकिरैछ । तब लै मान्स भया नाताले हमले एकअर्खालाइ सहयोग गद्दु छाड्डु नाइहनो । तसा बिमारीनलाइ अलग कोठामाइ बसायाबरे लै उनकिलेखा तागत दिन्या, बिमारसित लड्या क्षमता बड़ुन्या फलफुलको रस रे खानाकि दिनपड़न्छ रे उइलाइ केइनाइहन्या हो हम छु चिन्ता जिन गरै भण्ण पड़न्छ ।
धौली : होला हन्त, बिचारा कोरोना लाग्या मान्सुनलाइ शारीरिक समस्या त होइरन्छी, उसैमा एक्कलाइ कसैले खपर नग¥याबरे दिग्दार लाग्गि हो ।
हर्क्या : एकदम ठिक भणेइ, उइले अफना मान्स रे गउँल्यानको साथ नपायाबरे मानसिक रुपमा लै कमजोर हन्या रे तसैमा और समस्या लै धेकिनसक्कान तब हमले उनलाइ बेलाबेलामा भेट्या, फौन गद्या रे सकेको सहयोग गद्दपड़न्छ । कोरोना लाग्या मान्सुनलाइ समाजबठे बहिस्कार नाइ रे उनलाइ सम्झाइ बुझाइ बरे रिामसित लड्डाकि प्रोत्साहन दिन पड़न्छ ।
धौली : एइ बिमार बठे बच्चाकि और कि गद्द पड़न्छ पुइ ?
हर्क्या : एइ बठे बच्चाकि तागतिला फलफुल खान्या, झोल खानाकि खान्या, जेइ फायो तेइ दवाइ नखान्या रे डाँक्टरुनको सल्लाग लिबरे मत्तरी दवाइ खान्या, कसरत, योग गद्या, तनाव नगद्या, ध्यान गद्या, जेइ पायो तेइ नखान्या, बेलाबेला सापुनपानिले हात धुन्या गद्द पड़न्छ ।
धौली : तुइले भौत निकि कुरडि़ भणेइ आब हम लै धौलीलाइ भिट्टु झौँला पुइ ।
हर्क्या : लौ ठिक छ, कुरडि़ कुरडि़मा स्कुल लै पगिगया, आब मारसापसित लै सल्लाग गर्ला ।
धौली : लौ पुइ लौ ।
.gif)