महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले जेष्ठ नागरिकहरुको घरमै गएर निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
नगरपालिकाका नगर उप–प्रमुख नीलम जोशी लेखकले ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा गएर निशुल्क आधारभुत स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम अनुरुप शुक्रबारदेखी स्वास्थ्य परिक्षण सुरु गरिएको बताईन ।
“हामीले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार जेष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौ ।” उनले भनिन –“स्वास्थ्य परिक्षण १९ वटै वडामा सञ्चालन हुनेछ आज सुरुवात गरेका छौ ।” नगरपालिकाले शुक्रबार वडा–८ स्थीत भानु टोलबाट स्वास्थ्य परिक्षण शुरु गरेको हो । पहिलो दिन आज २७ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ ।
वृद्धवृद्धाहरुको ब्लड प्रेसर,ज्वरो, सुगर चेकजाँच गरेर औषधी वितरण गरिएको वडा –८ का अध्यक्ष मदन राज मिश्रले बताए । “पहिलेदेखी औषधी सेवन गरिरहेकाहरु लाई स्वास्थ्य परिक्षण गरेर औषधी पनि उपलब्ध गराएका छौ ।” उनले भने–“यो अभियान वडामा अझै दुई÷तीन दिनसम्म चल्छ ।” उहाँका अनुसार वडामा एक सय ८० जना जेष्ठ नागरिक छन ।
.gif)