महेन्द्रनगर । सुदूरपश्चिमको मौलिक ‘भुवा पर्व’ आज बाट सुरु भएको छ । विशेष गरी बाजुरा, बझाङ्ग र अछाम जिल्लामा मनाइने यो पव पछिल्लो समय सुदूरपश्चिमका तराईका जिल्लामा समेत भव्यताका साथ मनाउन थालिएको छ ।
भुवा पर्व सुदूरपश्चिम, मध्यपश्चिमका साथै भारतको उत्तराखण्डमा भव्य रुपमा मनाउने गरिन्छ । यो पर्वमा देश विदेशमा गएका आफन्तहरुसमेत खुसी साटासाट गर्न घर फर्कने गरेका छन । यस वर्ष पहिलो पटक सुदूर पश्चिम सरकारले पनि आज एक दिनका लागि बाजुरा, बझाङ्ग र अछामलाई सुरकारी बिदा दिएको छ । भुवा पर्वमा विशेष गरी विभिन्न धार्मिक आस्थाहरु समेटिनुका साथै युद्धसंग पनि जोडिएको मानखण्ड पञ्चाङ्गका जोतिष तथा संस्किृतविद लक्ष्मीकान्त जाशीले बताए ।
अयोध्याका राजा राम र रावणको लडाइ पछि राजा रामको बिजय भएको पौराणीक भनाइ अनुसार औसीको अघिल्लो रात अर्थात पुस औसीको अघिल्लो रात (राका) सल्काएर स्थानीय भाषामा (चेणे) सल्काउने भनेर मुण बाल्ने गर्दछन । जिल्लाका बिभिन्न स्थानमा खेलीने भुवा पर्ब स्थानीय परम्परा अनुसार मागल भन्ने देउडा खेल्ने भोस्ओ लगायतका बिभिन्न संस्कृती झल्कने झाकीहरु प्रस्तुत गरिने गर्छ ।
त्यसै गरि पाण्डव र कौरवको लडाँइ सँग सम्वन्धीत पौराणीक भनाइ अनुसार ५ दिन सम्म ढाल तरवार सहित चाली खेल्ने मुख्य प्रचलन रहेको छ । त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । यो पर्व भेटघाट गर्ने र सामाजीजक सद्धभाव कायम गर्नका लागि समेत महत्वपूर्ण रहेको छ । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरवको गाथा गाउने प्रचलन रहेको छ । पछिल्लो समय भुर्वा पर्वको मौलिकता हराउन लागेको प्रति पाकापुस्ताले चिन्ता व्यक्त गरेका छन ।
.gif)