शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा एक दिनमा छ हजार भन्दा बढी कोरोना सङ्क्रमित


पश्चिम प्रेस
शुक्रबार, भदौ २४ २०७९
  • 532
    Shares

  • images
    images
    भारतमा एक दिनमा छ हजार भन्दा बढी कोरोना सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् ।बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । योसँगै भारतमा चार करोड ४४ लाख ८४ हजार सात सय २९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । ् हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय सङ्क्रमित छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ । बुधबार छ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन् ।

    हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा पाँच लाख २८ हजार एक सय २१ जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । त्यसयता दुई अर्ब १४ करोड ५५ लाख भन्दा बढी मात्रा खोप लगाइसकिएको छ । त्यसैगरी ८८ करोड ८० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमणदर बढ्दै
  • प्रतिक्रिया दिनुहोस