मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेपाली कांग्रेसको अधिवेशन हुन बाँँकी रहेका जिल्लाहरुको अधिवेशन माघ १५ मा हुने


पश्चिम प्रेस
बुधबार, पुस २१ २०७८
  • 635
    Shares

  • images
    images
    नेपाली कांग्रेसको अधिवेशन हुन बाँँकी रहेका जिल्लाहरुको अधिवेशन  माघ १५ मा हुने

    नेपाली कांग्रेसको बाँँकी रहेका जिल्लाहरुको अधिवेशन सरेको छ । कैलाली सहित १६ जिल्लामा पुस २७ मा तोकिएको  अधिवेशन  माघ १५ का लागि सारिएको छ ।   राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्ला अधिवेशन सारिएको हो ।  माघ १२ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका कारण कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ । क्रियाशील सदस्यता विवादले १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन ।


    प्रतिक्रिया दिनुहोस