बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा डेंगु परिक्षणको चर्को शुल्क लिदै निजि प्रयोगशाला


पश्चिम प्रेस
शुक्रबार, भदौ ३१ २०७९
  • 793
    Shares

  • images
    images
    कञ्चनपुरमा डेंगु परिक्षणको चर्को शुल्क लिदै निजि प्रयोगशाला

    महेन्द्रनगर ।  कञ्चनपुरमा पछिल्लो महिना यता महाकाली अस्पतालमा  ज्वरोका बिरामीको चाप अत्यधिक छ । अस्पताल पुग्ने बिरामीहरुमा बढी जसो डेंगु र स्क्रब टाईफसको लक्षणहरु देखिन्छन । तर परिक्षण गर्न भने महाकाली अस्पतालमा किट छैन । अस्पतालकै गेटमा रहेका निजि प्रयोगशालामा डेंगु र स्क्रब टाईफस परिक्षण गरेको बिरामीबाट चर्को मुल्य लिने गरेको भेटिएको छ । महाकाली प्रादेशिक अस्पताल भित्र काम गर्ने अधिकांश डक्टरहरुको लगानी बाहिर रहेका मेडिकल र प्रयोगशालामा रहेको पाईन्छ । ती डक्टरहरुले  अस्पतालमा गएका बिरामीहरुलाई किट अभाव रहेको भन्दै आफ्ना प्रयोगशालामा पठाउने गरेका छन ।

    सरकारले डेंगु र स्क्रब टाईफसको परिक्षण निःशुल्क गर्ने भनेपनि सरकारी अस्पतालमा किट अभाव हुँदा निजि अस्पतालमा चर्को शुल्क तिरेर परिक्षण गर्नु परेको स्थानीयले गुनासो गरेका छन । बुधबार महाकाली अस्पतालमा उपचारका लागि पुगेका एक बिरामीले महाकाली अस्पतालमा परिक्षण गर्ने किट नहुँदा निजि प्रयोगशालामा महंगो शुल्कमा डेंगु र स्क्रब टाईफस परिक्षण गराएको बताए । उनले डेंगु परिक्षण गरेको रु १२ सय र स्क्रब टाईफस परिक्षण गरेको रु एक हजार शुल्क तिरको बताए । सरकारी अस्पतालमा निःशुलक उपचार हुने भन्दै एक हजार मात्रै बोकेर आएका उनी परिक्षण कै रु दुई हजार दुई सय तिर्नुपर्ने भएपछि समस्यामा परेका हुन ।

    महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले डेंगु र स्क्रब टाईफस परिक्षण गर्न किट अभाव रहेको बताए । उनले अस्पतालमा दैनिक ३०÷४० जना लक्षण भएका बिरामी आउने गरेको बताए । “बिरामीको संख्या बढेको छ किट छैन हामीसंग भएको किट पुग्दैन ।” उनले भने(“महाकाली अस्पताललाई दैनिक ४० वटासम्म किट आवश्यक परेको छ ।” महाकाली अस्पतालमा भदौमा मात्रै ३६ जनामा डेंगु र ३२ जनामा स्क्रब टाईफस संक्रमण देखिएको छ ।  हाल डेंगुका सात जना र स्कब्र टाईफसका तीन जना बीरामी  उपचाररत छन ।

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परिक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरिक्षक सिद्धराज भट्टले बिरामीको संख्या बढ्दै गएकाले किट अभाव भएको बताए । “जिल्लामा बिरामीको संखया बढ्दै गएको छ हामी संग प्रयाप्त किट छैन ।” उनले भने(“प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई किट उपलब्ध गराउन पत्राचार गरेका छौ ।” जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार भदौमा मात्रै कञ्चनपुरमा ३२ जनामा डेंगु देखिएको छ भने २० जनामा स्क्रब टाईफस देखिएको छ ।

    जिल्लामा सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिकामा १९ जनामा डेंगु र पाँच जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरिक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बेदकोट नगरपालिकामा एक जना,कृष्णपुरमा नगरपालिकामा तीन जना,बेलौरी नगरपालिकामा दुई जना,भीमदत्त नगरपालिकामा तीन जना र लालझाडी र बेल्डाडी गाउँपालिकामा चार जनामा डेंगु देखिएको हो । “कञ्चनपुरमा डेंगुको संक्रमण बढ्दै गएको छ यसबाट सबैले सुरक्षित हुन जरुरी छ ।” उनले भने(“अहिले भारतर काठमाडौंबाट आएकाहरुमा बढी जसो डेंगु देखिन थालेको छ ।”  उनले कञ्चनपुरमा डेंगु र स्क्रब टाईफसका बिरामी दिनहु बढ्दै गएको बताए ।

    उहाँले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले वर्षातमा पानी जम्ने ठाउँ ,पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा बस्ने र यसको वृद्धिबाट डेंगुको प्रकोप बढ्ने बताए । “यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैनरु।” उनले भने(“यसबाट बच्न विषादी छर्किर्ने र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ ।” जिल्लामा संक्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालयले प्रत्येक नगरपालिकामा स्वसमसेवीका परिचालन गरि लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्ने तयारीमा छ ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # डेंगु स्क्रब टाइफस
  • प्रतिक्रिया दिनुहोस