मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक


पश्चिम प्रेस
शुक्रबार, भदौ ३१ २०७९
  • 859
    Shares

  • images
    images
    नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    रासस । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।” नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उहाँले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताउनुभयो ।

    युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त ट्रफी चाँदी र सुन जडित करिब रु १० लाखको लागतमा तयार गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पु¥याएर प्रतियोगितास्थल पोखरामा लगिने उहाँले जानकारी दिनुभयो । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ ।


  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद
  • # ट्रफी सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस