मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट


पश्चिम प्रेस
शनिबार, असोज १ २०७९
  • 572
    Shares

  • images
    images
    नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट

    कैलाली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रियमा अब्बल हुने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभयो ।

    राष्ट्रलाई चिनाउन खेलाडीको अहम् भूमिका हुने उहाँको भनाइ थियो । सबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी दिनुभयो । 


  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद
  • प्रतिक्रिया दिनुहोस