महेन्द्रनगर । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशबाट टेबल टेनिसमा महिलातर्फ कञ्चनपुरका चार जना छनौट भएका छन ।
महिलातर्फ पाँच जना छनौट हुने खेलमा चार जना कञ्चनपुरबाट छनौट भएका छन भने एक जना बझाङ्गबाट छनोटमा पर्नुभएको छ ।
कञ्चनपुरका देबकी भट्ट,एन्जला कार्की,ईन्दु ज्ञवाली र योगिता साउद छनौटमा परेका छन ।
छनौटमा परेका मध्ये देबकी भट्ट र ईन्दु ज्ञवालीले यस अघि पनि राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिसप्रर्धा गरिसक्नु भएको छ । उहाँले ६ औ राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लगातार राष्ट्रिय प्रतियोगितामा प्रतिसप्रर्धा गर्नु भएको छ । जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले प्रशिक्षक कञ्चनपुरका चार वटा खेलाडी छनौटमा पर्नु खुसीको कुरा भएको बताए ।
९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा आठ वटा खेलको छनौट भइरहेको छ ।
.gif)