कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कञ्चन र आदर्श विजयी भएका छन् । शुक्रबार कञ्चन समाज र रोयल गोर्खाज युथ सर्कल बिच भएको पहिलो खेलमा कञ्चनले रोयल लाई ५–१ गोल पराजित गरेको छ । त्यसै गरी निङ्गलाशैनी समाज र त्रीपुरा समाज बिच भएको दोस्रो खेल ३–३ गोलको बराबरीमा टुङ्गिएको छ भने अन्तिम खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बिच ३–० गोलको अन्तरले आदर्श नेपाल विजयी भएको छ ।
पहिलो खेलमा कञ्चन समाजका योगेन्द्र शाहु र दोस्रो खेलमा निङ्गलाशैनीका प्रवेश तामाङ र तोस्रो खेलमा आदर्श नेपालका किसन चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । तिनै खेलका म्यान अफ दि म्याच घोषित भएका खेलाडीले ११– ११ सय नगद पुरस्कार हात पारेका छन् । भोलि सनिवार तेस्रो दिन दुई खेल हुने छन् । पहिलो खेल सेक्युर्ड नेपाल र राम युवा क्लब बिच दिउँसो १२ बजे, दोस्रो खेल अरनिको युवा क्लब र यूथ क्लब अफ महाकाली बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक थलालले बताउनु भएको छ ।
.gif)