बैतडी जिल्ला धेक्दाचानामा रुबसको खात छ । स्यापकि जनि बगिबरे आयोको कालिगाङो, न्याराइ हरिया घुइला वन, ठौरठौर देप्तानका माणौं, नाना ठूला गाड, खोला, ताल, छिणा, डाणखोला, पुराना पुराना राजारजौटानले बसेका कोट और लै भौत्ति हेद्दालाइका ठौर छन् । एइ बैतडिलाई निक्करी हे¥याबरे एक न्यारोइ जग्य थाप्याझो धेकिन्छ । जग्यका चार कुनानमा चार वेद थापेकि जनि चारै दिसानमा ग्वाल्लेक, रौला, देउलेक र धज गरी चार केदार छन् । हरिया घुइला रुख रे रंङ्ङिचङ्ङि फूल फुलेका वनले भरियाका तिखा डाँणा कलश थाप्या जसा धेकिनान । उल्का छिणाबठे उन बगेको पानी जब तलिबटाका पखानमाइ ठोकिन्छ उन्ज्या शिवलिङ्गमा औशेक ग¥याजसो धेकिन्छ । वनमुणका चडापितङ्ङा बामुनुनले वेद पडेकि जनि न्यारि भाकमाइ बास्सान भण्या वनमुण चद्दारया बल्लु, गाई, भुइसा बाकरानका टाटौंनीका घाणा, घाँट न्याराइ बाँजा बजायाजसो रे बतासले हल्कनलारया रुख रे बेला छलिया नाचाइ गरिराख्खान । काठाभिणा हिट्टाकि असजि भयालै हेद्या मान्सुनकि त न्यारन्याराइ फुटा हेराइ हन्छि । ठूलठूला गोफा, ओरड, पुराना रिखिनले बस्या कुटियानजसा रे पुराणुनमा सुणेका बातइनकि सम्जुनान । लामालामा मोडभयाका बाटा रे ततिमुण हिट्या बटुन्या हेरिरन्या मनलागन्छ । पाटनका सेराकि त कुरडि कि गर जब धानुनमा पेलि पडन्छि तैबेला त उइतिर है इथ मुण्डो गद्या मन नाइलाग्गो । बर्खादिनको हौलो, घामपानीमाइकि इन्नराइन आहा कति सुटाइलि हो । रातमुण सर्क टौटाक होइ¥याका बेला डाँणा मुण्डामा जब जून धेकिन्छि तै बेला त शिवजीका मण्डामाइकि जुन जसो लागन्छ । ब्याल्कनि ब्यार गोर घर लिउन्या बेला रातापेला सूर्जु रे बल्लुनका घाणा सुण्याबरे त इसो लागन्छ किर्सन भगवानको बिन्नरावन योइहो भणि । चरिबरे पेट डमडमाना बनाइ आयाका बल्ल जब जुणे हल्कुना हल्कुनाइ औनान, हिट्टीब्यार तनरीहल्केकि लमेलि तनराइ पाछापाछा ग्वालानका पिठिउन सोतरकि भारी कठै लाडि ला कति स्वाइलो धेकिन्छ । ठौरठौर माणौं, झालताल, ततिमुण बादिराखेखि नेजा धाजा, पानी न्वाला भौतुइ निका धेकिनान । बनारिन कुरमुराइ मुण वनवेत गएकि बनारि, हात्तै फोलो रे सिरौणो थमाइ पानी भद्द झान्नरएकि पनारि सातबज्या स्कुलमाइ स्कुल झान्नरया गेदामेदा, सौलाकि जालमाय तित्मल्याका घुत्ता लिउन्नरि हमरि बौजुन गाडा मुणजोरले हाँक हालिबरे जोत्तारया हलबौस्या, भैन गौना गुनाइ धान रोप्दारेकि रोप्दारिन सपैले एइ बैतडिका चानामाइ उजालो भरिराखिछ । तल्लिदे मल्लि दे कि दे जाँत, त्रिपुराकि जाँत, मैतोडकि जाँत, गोग्ल्याकि मेला, झौलेककि दुतया, तिताबैकि फागु, डाँणामाइकि जाँत, शिवाब्रतका दिन सिउड्याकि मेला रे पत्तालभुमेश्वरकी ताल रे गोफानमुणका मान्सु, सलेनाकि दुत्या, बराइलकि जाँत औरलै भौत ठौरकि जाँत, गोरा धेकन्ज्याँ कुम्भका मेला जसो लागन्छ, आहा एइ ठौरझो त श्वर्ग लै नायहनो हो । लगनका मैनान बाँजागाँजानसित छलिया नाच्चानाच्चाइ हिट्टरिकि ब¥याँत, चैता मैनान पिठउन भिटौलो बोकि दिदी बैनी भिट्ट झान्नारया मान्स, सौनका मैना ओल्का झान्नरया बेउला जै हडलै हे¥यो खुसी खुसी । जंगल गयाले काँकडुनका छुमुर्का, चाखुडा, कुकुडा, तालिउन खेल्लारया माछा, मालथाइ मतर्कन्नारया थोरा बाच्छा रे गेदामेदा सपै तिरबठे हर्कुइ हर्कु । निङलाशैनीको हिङलो, मेलौलिको खलो, मादेउको पातल, समैजिका फल, देउगड्या रे देउतालिकि ताल, गणमेश्वरको माणौ रे खन्याटो, ग्वाल्लेक, रौला रे सिगासको धुरो, पत्तालभुमेश्वरकी ताल रे गोफो, राइबुङ रे देप्त्या बुङाको सैन, बामुनि झाल, देनोलो, पाटन रे बराइलको सेरो, सिउँनाथको माणौं, उदैदेको माणु, रैणशैनीको माणौं, जर्गका केदार, गढीमाइका जगन्नाथ रे ईश्वरिगाडकी गङ्ङा, वासुलिङ्ङ, अनरसाइ, भुमिराज, दोगडा, कैलपाल, असमी, नकथरो, सपै ठौरका देउदेप्तानका माणैं रे झाल धार्मिक रे प्राकृतिक सुन्दरताले भरिएका । तसेइ सुर्नयाका छाल, पञ्चेश्वर रे औरलै भौतगाड न्यारि भाँति स्याप खल्केइजनि खल्कन्या । जम्माइ कुरडि भण्ण पड्या बरे धर्मम, कर्म, प्रकृति, संस्कृति रे इतिहासको भणार हमरो बैतडी भौतुइ हर्काइलो छ ।
.gif)