मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महिला क्रिकेट खेलको तालिका सार्वजनिक


पश्चिम प्रेस
शुक्रबार, असोज १४ २०७९
  • 621
    Shares

  • images
    images
    महिला क्रिकेट खेलको तालिका सार्वजनिक

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ । 
     
    पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 
     
    समूह ‘ए’ मा एपिएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् । 
     
    प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
     
    नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । उक्त प्रतियोगिताअनन्तर्गत पुरुष क्रिकेट भने यसअघि नै आयोजना भइसकेको छ ।


  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद
  • प्रतिक्रिया दिनुहोस