बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

डा. जगन्नाथ जोशी : असजि बटि है उठ्या एक विज्ञ मान्स


सोमबार, पुस २६ २०७८
  • 3.0K
    Shares

  • images
    images
    डा. जगन्नाथ जोशी : असजि बटि है उठ्या एक विज्ञ मान्स

    झ्वाट्ट हेरञ्जा जीवनको बाटो तति सजि नाइथ्यो सुदूरपश्चिमको सीमान्त नानो गाउँ कोटिगाउ हरड़ा बटि है जापान सम्मको बाटो भौत टाढा थ्यो, आर्थिक बिपन्न्नता सितै भौगोलिक बिकटता, सुविधा रे बाटो धेकाउन्या लै साइत कमै हुन्या। भयो त खणि खायो भण्या जमाना। दूरदराज गाउँबटि है सरकारी सेवाको उच्च पदमाइ पुज्जुलै तती सजि नाइथ्यो। कर्मशील होइबरे लग्याले असजि बटाकाटी सजिमाइ पुज्ज सकीछ भणि धेकाउन सक्द्या पाइक हुन  "  डा.जगन्नाथ जोशी "।


    उतिबेलाको बिसालपुर गाउँ विकास समिति अच्यालको मेलौली नगर पालिका वडा नं ८ बैतडी  माइ  बि सं २०१९।११।१०का दिन परमानन्द /दुरा जोशीका कान्सा चेला डा जगन्नाथ जोशीको पारिवारिक अवस्था भौतै कमजोर थि। जेठी इजा बेलुदेवी का २चेलि रे १चेला(जनकराज) कान्सी इजा दुरादेवी का २चेला(मोतिराम, जगन्नाथ) रे१वहिनी, खेतिपाति बटि है गुजारा गद्दि। दुयै इजान साक्कै वैनी, कलिलाइ उमरमाइ सपैको ब्यालै गद्या चलन ।जगन्नाथ जोशीको ब्या बोकटाकविराज -चटौत कि चेलि लक्ष्मी सित रे कमलाको जेठा जनकराजन सित भयो।


    पढाइकि यात्रा:
    परम्परा अनुसार घरैमाइ अक्षरारम्भ भया पछा  अफनाइ गाउँका स्कूल  कमलपुर प्रा वि कोटी गाउँ बटि है ५कक्षा पास गद्द्या बेला जेठा दाइ जनकराजले झिक पडि नसक्यालै गाउइमाइका स्कूल पडौथ्या। कक्षा ६~१०घर बटि है टाढा मणिलेक मा वि काणा कि पढाइ। पढाइमाइ अफनि प्रतिभा धेकाइ अफना कक्षामाइ पैला हुन्थ्या। घर कि अवस्थाले नसकिन्या भयालै साहस गर्यो नजिक कोइ स्कूल नाइथ्या भारत पिथौरागढ जाइ आइ एस्सी लै निका नम्मरल्याई पास हुन्जा आॅजि पड्ड्या मन रोक्क नाइ सकिनो, गाउघरका स्कूलनमाइ पढाउन मिल्ल्या भयालै हिम्मत गरि काठमाडौं अमृत साइन्स क्याम्पस बटि है बि एस्सि तै पछा पोखरा बन बिज्ञान क्याम्पस बटि है बि एस्सि फरेष्ट्री पास भया।


    पढाइकि भोक कम नाइ भै मिल्याका काम गरिबरे खर्च जुटौना सङ्ङै अफनि पढाइकि यात्रा ऐतिर बढौनाइ गया। परिवारकि जिम्मेवारी श्रीमती लक्ष्मी जोशी, सन्तान सुरेश लै रे मिनु लै, ।पढाइकि निरन्तरता कि खोजमाइ उनरि प्रतिभाका कारण   जापान सरकारले छात्रवृति दियो। जापानका फुकुओका क्युसु विश्वविद्यालयले लगातार MScरे  PhDको अवसर दियो। पाँच बर्षमाइ अक्षरारम्भ गरेका उनले चालिस बर्षकि उमर सम्मका२३/२४बर्ष पढाइमाइ मात्तरै खर्च गर्या उनले ; पढाइमाइ जबलै अब्बल विद्यार्थी भणि पछ्याणिना , नियमित पढाइ है बाहेक उनले अफना अध्ययन रे कामका छेत्रकि राष्ट्रिय लै रे अन्तरराष्ट्रिय स्तरकि भौत तालिम लै लिइ राखिछन। उन बन विज्ञान, भू संरक्षण रे जलाधार क्षेत्रका वैज्ञानिकका रूपमाइ स्थापित भया।


    पेशागत योगदान:
    मणिलेक मा वि बैतडी बटि है १०कक्षा पास भया पछा उनले आइ एस्सी पड्या बेला आफूइले पड्या स्कूलमाइ छुट्टीका बेला   पडौथ्या । पढाइकि लेखा काठमाडौं रे पोखरा छञ्जा नानबडो पया अनुसारको काम गर्यालै बि सं २०४६/४७ माइ लोक सेवा आयोग पास गरि बन अधिकृत भया पछा भौत ठौरन रे कार्यालयन् माञि प्राविधिक अधिकृत/विज्ञका रूपमाइ उनले सरकारी सेवा गरि खासगरि उन  " बन, वातवरण, भू तथा जलाधार संरक्षण "छेत्रका अनुसन्धान लै रे योजना बनौन्या तालिम दिन्या काम उनले गरि रख्यान।
     सरकारी सेवाका सङ सङै उनले ताजकिस्तान सरकारका अन्तरास्ट्रिय सल्लाहकार, इसिमोडका पर्वतिय क्षेत्र अध्ययनकर्ता, अमेरिकन सहयोगको केयर नेपाल "हरियो वन "कार्यक्रमका "कोअर्डिनेटर" होइबरे लै पेशागत योगदान पुर्याइ राखिछ।


    अनुसन्धान कर्ता डा .जोशी
    आफू पड्या बेलाइ बटि है खोज अनुसन्धान माइ रूचि भयाका उनले अफना स्नातकोत्तर तह रे पि एच डि बाहेकलै दर्जनौ अनुसन्धान गरिरख्यान ।उनले काठमाडौं B Scपढने बेला नै दिसा(stool)प्रसोधन गरिबरे तैमाइ भया बोसो बटि है साबुन बनाउन सकिन्छ भणि खोज गरि थ्यो। उति बेलाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उनलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरीथ्यो। उनले जापान पड्ड गया बेला ताॅ लिइन्या जापानी भाषा परिक्षामाइ जापानीन लै उछिनिबरे पैल्ला भैथ्या।उनले M Scमाइ पया सफलताले  गद्दा क्युसु विश्वविद्यालय जापानले थप अनुसन्धान तह PhD  कि लेखाइलै छात्रवृत्ति दियो। ततिबेला उनले जापान रे नेपाल दुयै देशमाइ अनुसन्धान गरेको हो। हरेक कामलाइ अनुसन्धानकि नजरले हेद्द्या उनरा अनुसन्धान प्रतिबेदन खास गरि वन,वातावरण रे भू तथा जलाधार संरक्षणसित सम्बन्धित छन। उनरा अनुसन्धानमूलक एकल लै रे संयुक्त दर्जनौ लेख प्रकाशित छन।


    लेखक/सम्पादक डा. जोशी
    उनरो बिषय छेत्र विज्ञान प्रविधिसित सम्बन्धित भया हुनाले उनरो लेखन अनुसन्धानात्मक छ उनरा अफना कार्यक्षेत्र सम्बन्धित लेखन लै रे प्रकाशन सम्पादनमाइ महत्वपूर्ण भूमिका रै रै छ।  Nepal journal of forestry का मुख्य सम्पादक हुनाका सङ्ङै उनले औरलै पत्रिका,अनुसन्धान प्रतिवेदन सम्पादन गरेको धेकिछ।


    शिक्षक /प्रशिक्षक डा जोशी
    एक सरकारी कर्मचारी मात्तरै नहोइबरे उनले आइ एस्सी पड्या बेलाइ शिक्षकको अनुभव गरि राखिथ्यो भण्या उनले ख्वप:इञ्जिनिएरिङ् कलेज, पोखरा बन बिज्ञान क्याम्पसका प्राध्यापक होइबरे लै काम गर्यो भण्या नेपाल सरकार बन  , भू तथा जलाधार संरक्षण बिभाग, इसिमोड,केयर नेपाल रे ताजकिस्तान सरकारका तालिम, गोष्ठी, सेमिनारमाइ प्रशिक्षकका रूपमाई लै उन  विज्ञ /प्रशिक्षक/श्रोतव्यक्ति/तालिम संयोजक  होइवरे काम गर्यो अनुभव उन सित छ। इति मात्रै नाइ उन एक योजनाविदका रूपमाइलै उनले भूमिका निर्वाह गरिबरे बैज्ञानिक योजना निर्माणमाइ संलग्न भया छन।


    प्रशासनिक-प्राविधिक अधिकृत /योजना विद्-डा जोशी
    नेपाल सरकारका अधिकृत कर्मचारी होइबरे बन मन्त्रालय, भू-संरक्षण तथा जलाधार व्यवस्थापन बिभागका बन अधिकृत, प्रविधि विकास अधिकृत, भु संरक्षण अधिकृत, प्राविधिक उप सचिव, जसा पदनमाइ रैबरे प्रशासन रे प्राविधिक अधिकृतका रूपमाइ उनले सन १९९०बटि है सन २०१६सम्म काम गर्यो। तै समयमाइ उनले बन, वातावरण,भू संरक्षण-जलाधार व्यवस्थापनका बिभिन्न योजना बनौन्या रे बिभिन्न आयोजनानो संचालनमाइ योगदान दियो धेकिछ।कार्यालय प्रमुख रे योजना प्रमुखका जिम्मेवारि माइ उनरि इमान्दारिता प्रसंसनिय छ। केयर नेपाल, इसिमोड, जलवायु परिवर्तन अनूकुलन आयोजना, तराई सामुदायिक बन आयोजना,चुरे संरक्षण योजना,जाइका लगायतका संस्था/योजनान सित काम गरेको  अनुभव उनसित छ।


    देश भितर मात्रै नाइ बिदेशमाइ चीन, भारत,जापान, ताजकिस्तानमाइ समेत काम गरि राखिछ। अफना काम सित सम्बन्धित तालिम ,अनुसन्धान, योजना बनौन्या उनरा उत्कृष्टताका कारण नेपाल सरकार बटि है सम्मानित होइरयान। सरकारी सेवा बटि है अबकास भया पछा लै उन बिज्ञका रूपमाइ सरकारि/गैर सरकारी बिभिन्न ठौरनमाइ बोलाइनान।


      सामाजिक सेवा

    झरो पुस्तकालयका संस्थापक-समाजमाइ चेतना बिकासकि लेखा उनले आफुइ पुस्तक थोपड्याइ बरे रे आर्थिक सहयोग गरिबरे मेलौली काणा बैतडिमाइ २०४५/४६साल तिर झरो पुस्तकालय स्थापना गरि राखिथ्यो। पछा तै पुस्तकालयका किताब  मणिलेक माध्यामिक विद्यालयका पुस्तकालय लाइ दिइनो।  सामाजिक सांस्कृतिक बिषय बस्तुलै उनरो रूचिको बिषय हो। उन  सामाजिक संघसंस्थान सित लै जोडिना छन।


    प्रेरक रे उदाहरणीय व्यक्तित्व
    डा जगन्नाथ जोशी सरल स्वभाब, मिठि बोलिका धनि रे सात्विक मान्स हुन। एक कठिन अवस्था बटि है उठिबरे शैक्षिक, पेशागत रे व्यवहारिक जीवनमाइ एक आदर्श मान्सका रूपमाइ थापित हुनाकि उनरो मिहेनत,लगनशीलता, सकारात्मक सोच, सरल जीवन शैली रे दृढ इच्छाशक्ति  अनुकरणीय छ। काम सितको उनरो लगाव रे इमान्दारिता  मात्तरै नाइ "बिदेश जनाइ मान्स मरि मेट्टान, पछा उथै हरानान "उनले बिदेश जाइ बरे आजि उथै फर्कद्या लोभ कभै नाइ गर्यो  ,जै देश गया लै उन काम पाउन सकन्थ्या, उनले बिदेश जाइ बरे सिकिकि कुरड़ि आफनाइ देशमाइ काम लाउनु पडन्छ भण्या सोच लियो अफनाइ देश काम गर्यो।
         योजना बनाइबरे, केलाइबरे मात्तरै काम गद्दाइ उनरि बानि छ।छलकपट, झुट, भ्रष्टाचार रे कुलतन  बटि है उन जब्सक्कै भौत टढा बस्या।  अध्ययन उनरो रूचिको बिषय हो, उन विज्ञान सित जोडिया मान्स भया लै अफनि भाषा संस्कृतिसित रे और बिषयनसित  लै उनरो लगाव छ।

     




    प्रतिक्रिया दिनुहोस