मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

थारु समुदायमा माघीको रौनक सुरु


पश्चिम प्रेस
मंगलबार, पुस २७ २०७८
  • 880
    Shares

  • images
    images
    थारु समुदायमा माघीको रौनक सुरु

    महेन्द्रनगर । माघी पर्व नजिकिएसंगै कैलाली कञ्चनपुरका थारु गाउँमा यतिबेला रौनक र चहलपहल बढेको छ ।  
    थारु समुदायको महत्वपूर्ण पर्व माघी धुमधामका साथ मनाइने गरिन्छ । यतिबेला माघीको तयारीका लागि आवश्यक सामान जोहो गर्नमा व्यस्त भएका छन । थारु समुदायमा पर्व आउनुभन्दा एक÷डेढ हप्ता अगाडिबाट नै कुटानी पिसानीको काम हुने गरेको छ । 
    माघी थारु समुदायको सबैभन्दा ठूलो पर्वमात्रै होइन नयाँ वर्ष पनि हो । यो पर्वदेखि नै थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुने गर्दछ । साथै, माघीमा वर्षभरिको आर्थिक लेखाजोखा हुनुका साथै परिवार र गाउँको नेतृत्व गर्ने व्यक्ति (बडघर)चयनको कार्य हुने गर्दछ । पुसको अन्तिमदेखि माघ महिनाको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्दछन । थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिने गरिन्छ । 

    माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलार्य विशेष रुपमा हेरिने गरेको छ । अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निमार्ण भइरहेका छ् । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा समेत उठाउने चलन रहेको थारु मतहवा बुदिराम चौधरीले बताए । समुदाउमा युवा युवती माघी खेल्ने गरेका छन्।


    प्रतिक्रिया दिनुहोस