आत्मविश्वास अर्थात् आफूमा आफैँको विश्वास ,आफ्नो कार्यक्षमतामा विश्वास । हामी गणितको हिसाब गरिरहेछौँ त अवश्य डर लाग्न सक्छ बिग्रेला कि भन्ने तर हामीलाई थाहा भए यो केवल पाँच कक्षाको हिसाब हो तब डर त कसरी ? तब सबै आत्मविश्वासका साथ गर्न सक्छौँ ।यसद्वारा स्पष्ट हुन्छ कि आत्मविश्वासको आधार क्षमता ज्ञान हो । यदि हामीलाई आफ्नो क्षमताको पूर्ण ज्ञान भएमा आत्मविश्वास पनि हुन्छ ।
क्षमताज्ञानको तात्पर्य के हो त ? यो सत्य हो कि प्रत्येक कार्य सम्भव छ त्यसका लागि मिहिनेत गर्नुपर्छ । परिश्रम हेतु आधार त हाम्रो वर्तमानको क्षमतामा निर्भर पर्छ । रेलवे स्टेशनदेखि जहाँ पनि जान सकिन्छ तर आरम्भ कहाँदेखि गर्ने यो त थाहा हुनुपर्छ नि । अतः सम्भावनाको यात्रा पनि वर्तमान क्षमतादेखि नै आरम्भ हुन्छ । अतः आत्मविश्वासको पहिलो सिँढी आफ्नो क्षमताको जान्नु हो ।
निराश व्यक्तिलाई आफ्नो क्षमताको ज्ञान हुँदैन वा अनुमान यथार्थ भन्दा कम हुन्छ किनकि निराशमा स्वयंको अवमूल्यन हुन्छ । त्यहीँ दोस्रोतिर अहङ्कारी व्यक्ति आफ्नो स्वयंको अधिमूल्यन गर्छ, अतः उसको अनुमान सदैव यथार्थ भन्दा अधिक हुन्छ । अतः हरेक व्यक्तिले मूल्याङ्कन हेतु आफ्नो आफैँका साथ प्रयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो शक्तिको परिचय प्राप्त गर्नका लागि प्रयोग एवं सुप्त क्षमताको विकासका लागि प्रयोग । प्रयोगदेखि केवल क्षमताको ज्ञान होइन अपितु क्षमता बढ्छ पनि आत्मविश्वास पनि । प्रयोग हाम्रो समीप चुनौती खडा गर्छ । सुख सुविधाको मोहमा सामान्यतः हामी पूर्ण क्षमताको प्रयोग गर्दैनौँ । यिनी काममा नै हात लगाउँछौँ जुन हामी अति सरलतादेखि गर्न सक्छौँ अतः क्षमता घढ्छ आत्मविश्वास पनि घट्छ । शरीर मन बुद्धिका साथ लगातार प्रयोग गरेमा जीवन सदा अगाडि बढ्छ । स्वामी विवेकानन्द भन्छन् जीवन एक प्रयोगशाला हो जहाँ साधक निरन्तर सत्यको अन्वेषण गरिरहन्छ । निरन्तर प्रगति नै जीवनको लक्षण हो । जुन दिन केही नसिकिए त्यो दिन जिउनुको के अर्थ ।
स्वयंको क्षमताका साथ प्रयोग गर्नु आफ्नो आलस्यसित सङ्घर्ष गर्नु हो ।जसरी पानीको गति सदैव तल बग्छ त्यसरी मनको गति पनि सुखसुविधा एवं आलस्यतिर बग्छ । पानीलाई माथि लग्नका लागि विशेष यन्त्र वा मेसिनको आवश्यक पर्छ त्यसरी मनलाई पनि माथि लग्नका लागि अभ्यास,प्रयत्नको आवश्यक हुन्छ । मनमा ऊर्जा प्रचण्ड हुन्छ ईच्छाहरू पनि किन्तु शरीर मन फरक फरक दिशामा चल्नेका कारण मन बिग्रन्छ एवं चञ्चलता बढ्छ । इच्छाहरूको शक्ति केन्द्रित गर्ने स्थानका नाम नै हो इच्छाशक्ति । इच्छाशक्तिले मृतप्रायलाई पनि प्राणवान् गर्ने चमत्कार पैदा गर्न सक्छ । यो इच्छाशक्तिको व्यावहारिक प्रकटन हो सङ्कल्प । सङ्कल्पित मनुष्यको पूरा व्यक्तित्व नै निख्रिन्छ । स्वयंकन साथ प्रयोग गर्नेका माध्यम हो सङ्कल्प । सङ्कल्पको पूर्ण गर्ने मूल्याङ्कन त हुन्छ नै साथमा मनलाई सही दिशातिर लग्ने उसको शक्ति एकत्रित भई कार्यमा लाग्छ ।
आत्मविश्वासको सन्वर्द्धनमा सङ्कल्पलाई प्रयोग गर्नका लागि निम्न चार कुरामा विशेष ध्यान दिनुपर्छ ।
क)सकरात्मक – सङ्कल्प अर्थात् दृढनिश्चय , यसमा अटलता आवश्यक छ ,अतः सही स्थानमा सही बल दिन आवश्यक छ । अतः सङ्कल्प लिने समय सकरात्मक शब्दावलीको ध्यान राख्नुपर्छ । सकरात्मक शब्द मनको शक्तिमा बल दिन्छ नकरात्मक विधान विकारमा । उदाहरणका लागि हामीलाई मानौँ क्रोध अधिक आउँछ । सङ्कल्प यहीँ कमजोरीको दूर गर्न गर्दैछौँ भने , स्वभावतः यहीँ सङ्कल्प लिग्छौँ कि आजदेखि म क्रोध गर्दिनँ । अब यो नकारात्मक विधानको व्याख्या गरिहेरौँ । हामी मनको शान्त गरी तय गर्याैँ कि क्रोध गर्दैनौँ । के गर्दैनौँ क्रोध गर्दैनौँ । अर्थात् पूरै विधानको बलस्थान हो क्रोध । यस्तो सङ्कल्पद्वारा सफलता अत्यन्त कठिन हुन्छ । सम्भावना यो हो कि क्रोध आएपछि मात्र सङ्कल्पको याद हुन्छ । फेरि सङ्कल्प कसरी पूर्ण ? अतः यसकथ तात्पर्य यो हो कि सङ्कल्पको विधान सकरात्मक हो । क्रोधको समाप्त गर्नका लागि सकरात्मक सङ्कल्प यो है कि आजदेखि हामी सङ्कल्प गर्दछौँ कि अगाडि द्दद्ध घण्टासम्म प्रसन्न रहनेछौँ । मुस्कुराउनेछौँ । भयो नि काम , मुस्कुराउँदै क्रोध त देखाउँदनौँ ।
ख) क्रियात्मकता – सङ्कल्प मनको इच्छाहरूलाई कार्यरूप दिने माध्यम हो , अतः यो आवश्यक छ कि हामी जोसङ्कल्प लिग्छौँ त्यो केही क्रिया हो । यहीँ क्रियात्मकता नै सङ्कल्पलाई ठोस व्यावहारिकता प्रदान गर्छ । केवल सकरात्मक किन्तु क्रियाहीन सङ्कल्प त्यो हावामा नै रहन्छ । त्यसको रोपण बिना कुनै कर्मको दृढ भूमिमिा सम्भव हुँदैन । जुन सङ्कल्प बीजको अङ्कुरण नै भएको छैन त्यो फलवान्(सफल) कसरी हुन्छ ? उदाहरणका लागि यदि हामी सङ्कल्प लिग्छौँ कि राम्रो बन्नेछौँ यो सकरात्मक हो तर क्रिया हा्इन । रत्नाकरले चोर्न ढाँड्न छोडेर राम्रो बन्ने ठान्यो किन्तु केवल यति सोचे मात्र वाल्मीकि बन्न सक्छ र ? राम्रो बन्नका लागि केही क्रिया त गर्नुपर्याे नि । जस्तै विनम्र वचन , अनुशासित दिनक्रम, सेवा वा यस्तो कार्यहरूमा सङ्कल्प लिगौँ बल्ल त्यो फलीभूत हुनेछ ।
ग) क्षमतावर्द्धक – आत्मविश्वासलाई बढाउने उद्देश्यका साथ जब हामी सङ्कल्प लिग्छौँ तब उसका उपयोग क्षमतावृद्धिका लागि पनि हुनुपर्छ । यसैकारण सङ्कल्प आफ्नो स्थापित क्षमताभन्दा थोरै अधिक हुनुपर्छ । यसले क्रमशः एवं सहज क्षमताको विकास हुन्छ । ठूला ठूदा लक्ष्यलाई पनि बिस्तारै बिस्तारै सङ्कल्प बढाएर पूर्ण गर्न सकिन्छ । जुन बच्चा बचपनदेखि नै प्रतिदिन गाईको बाच्छो उठाउन प्रारम्भ गरिरहेको छ भने युवा हुुँदा बैललाई नै उठाउने सामर्थ्यको विकास हुन्छ। सदा 4:30 बजे उठ्नेवाला व्यक्ति पनि प्रतिदिन 30 मिनेट छिटो उठ्ने अभ्यास गरेमा सप्ताहभरमा नै 4 बजे उठ्न प्रारम्भ गर्न सक्छ ।
घ) समयबद्धता– अनिश्चितकालीय निर्णयहरूको परिवर्तन हुने सम्भावना ज्यादा हुन्छ । छुटिसकेको सङ्कल्पले मनको शक्तिलाई कम गर्छ । अतः सङ्कल्प लिने समय उसको अवधि पनि निर्धारित गर्नुपर्छ । यसले मनलाई पनि आधार मिल्छ जस्तो कि हामीले प्रसन्न रहने सङ्कल्प द्दद्ध घण्टाका लागि लिगेमा मनलाई आधार मिल्छ । एक दिनका लागि न हो अतः मन पूरा शक्ति लगाउँछ । समयबद्धताको अर्काे फाइदा के हो भने एक त्यो निश्चित समयमा पूर्ण भएमा सङ्कल्पको आत्मावलोकन सम्भव हुन्छ । जसद्वारा सङ्कल्पपूर्तिमा आएका कठिनाईहरूको विश्लेषण गरी आफ्नो व्यक्तित्त्वको समग्र विकासको मार्ग तय गर्न सकिन्छ , दोस्रो फाइदा सङ्कल्प समयमामा तय गरेपछि मनमा विश्वास जाग्छ र मन अधिक चुनौतीपूर्ण सङ्कल्न लिनका लागि तत्पर रहन्छ ।
सङ्कल्पवान् मनुष्यको जीवनमा सफलता निश्चित हुन्छ । अतः विद्यार्थीहरूले विशेषगरी यसलाई दिनचर्याको नित्य अङ्ग बनाउनुपर्छ
सदा सुत्नुभन्दा पूर्व दिनभरका कार्यलाई अवलोकन गरी अगाडिको दिनका लागि एक सकरात्मक,क्रियाशील सानो तर चुनौतीपूर्ण सङ्कल्प लिनुपर्छ । आत्मावलोकनमा यहीँ सङ्कल्पको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ । भगवान् बुद्धले भन्नुहुन्छ आत्मदीपो भव । यहीँ आत्मावलोकन स्वयं प्रकाशवान् बन्ने प्रकिया हो । एकलव्यको शिक्षापद्धति हो यसमा व्यक्ति अन्य कुसैसित पनि निर्भर हुँदैन । स्थिरता पनि आउँदैन । सदैव निरन्तर अगाडि बढ्छ । आत्मबलदेखि उत्पन्न आत्मगौरवका साथ ।।
.gif)