हरेक व्यक्तिलाई केही न केही प्रगति गरूँ वा म माथि पुगूँ भन्ने आशा त रहन्छ नै तर पनि स्वयं जानेर हो वा नजानेर तल नै रहनुपर्छ वा माथि जान सकिँदैन आखिर यसका कारणहरू के हुन् त के हामी चिन्तन गरेका छौँ त ? कुन कुन बाधाहरूका कारण हामी माथि जान सक्देैनौँ ,सफल हुन सक्दैनौँ । मैले यो विषयलाई चिन्तन गरी तीन बाधाहरू प्रस्तुत गरेको छु ।
प्रथम बाधा– मोह/आसक्ति
शब्द नै प्रष्ट छ हाम्रो मोह विशेष गरी तीन प्रकारमा हुने गर्छ । वस्तुप्रति मोह – कुनै वस्तु राम्रो लाग्छ कुनै वस्तु राम्रो लाग्दैन । एकै वस्तुको प्रयोग गरेरहेको हनमी दोस्रो वस्तुलाई सहर्ष स्वीकार्न सक्दैनौँ यो वस्तुप्रतिको मोह हो । व्यक्तिप्रतिको मोह – परिवारका सदस्यहरू हो वा आफ्ना साथीभाइहरू । कुनै व्यक्तिप्रति मोह हुनु पनि कार्यका लागि बाधा नै हो । अनावश्यक मोहका कारण निरर्थन सम्बन्धलाई ज्यादा समय दिइरहनु कदापि राम्रो होइन । कुनै दूर स्थानमा गएर साधना गरिरहेको समयमा व्यक्तिप्रति मोहका कारण त्यो साधना छोडेर व्यक्तिसित रहनु व्यक्तिप्रति मोहको असर हो धेरै उदाहरण दिन सकिन्छ विशेषगरी घरपरिवार छोडेर प्रगति एवं उन्नतिका लागि अगनडि बढ्नेहरूलाई । तेस्रो मोह परिस्थितिसँग हुने गर्छ । सामान्य मोह आफ्नै बिस्तारामा मात्र नीद आउनु । आफ्नै घरको मात्र खाना रुच्नु । आफ्नै भाषा संस्कृति कला मन पर्नु आदि । हामी परिस्थितिसँग हामी बसिरहेका छनैँ । परिस्थितिलाई नै हामीले सिर्जना गरेर रमाउन सक्ने कहिले ? विदेशमा बसेमा पनि विदेशकै परिस्थितिमा रमाउन सिक्नुपर्छ , घरमा बसे पनि घरमै समग्रमा जहाँ बसे पनि परिस्थितिसँग मोह छैन भने कहिल्यै पनि मनमा एक्लोपन एवं आफू अनुकुल नभएको आभाष हुँदैन ।
द्वितीय बाधा – आलस्य
आत्मविश्वास वा ईच्छाशक्तिद्वारा दृढ सङ्कल्प नलिगी वा लिगेर पनि पूर्ण हुन नदिनु वा दिन नसक्नु आलस्य हो । आलस्यलाई दुई किसिमबाट नियाल्न सकिन्छ । प्रथम– दीर्घसूत्री सदैव भोलि गर्छु वा पछि गर्छु भन्ने स्वभाव । बाहिर गयौँ भित्र आएपछि कपडा त फेर्नुपर्ने हो नि तर पछि फेर्छु । आमा! म खाना पछि खान्छु , भोलि स्कुल जान्छु आदि सबै दीर्घसूत्रीका उदाहरण हुन् भने द्वितीय आलस्य – आरम्भशूर – सुरु गर्न त कठिन हुन्छ नै भोलि गर्छु पछि गर्छु भन्ने स्वभावका कारण सुरु गरिसकेपछि पनि नियमित रूपमा गर्न नसक्नु आरम्भशूर हो । मानौँ म सूर्यनमस्कार ज्ञण्ड पटक गर्ने सङ्कल्प लिगेँ तर हिजो गरेँ आज गरिनँ । यो आरम्भशूर हो एकपटक गरेपछि दोस्रोपटक गर्न पुनः आग्रह गर्नुपर्ने वा सम्झाइरहनुपर्ने आरम्भशूर हो । यो आलस्यको द्वितीय भाग हो । आलस्य विशेषगरी शरीर ,मन र बुद्धिमा हुने गर्छ कपडाहरू बदल्ने,सुत्ने उठ्ने आदि शारीरिक आलस्य हो भने मनको आलस्य अर्थात् दृढ सङ्कल्प नलिग्नु वा लिगेर भुल्नु गल्तीको आभाष नहुनु आदि आदि , बुद्धिको आलस्य कुनै कार्य गर्दा गर्दै भुल्नु । गरिरहेको कार्य बिचमै अपूर्ण हुनु आदि बुद्धिको आलस्य हो ।
तृतीय कारण– अहङ्कार
एक लाख कमाउँदा जति अहङ्कार हुन्छ त्यो भन्दा धेरै अहङ्कार एक हजार कसैलाई दिँदा हुन्छ । अतः त्यागको अहङ्कार ज्यादा हुन्छ कमाउनेको भन्दा । कमाउनेको पनि हुन्छ नै तर त्यागको जति हुँदैन । यो त्यागको अहङ्कार हो । ज्ञानको अहङ्कार पनि ज्यादा हुन्छ मैले यो यो पढेँ जानेँ तर तिमी के जान्यौ? तिमी भन्दा मैले धेरै जानेँ ? अझ आजका विद्यार्थीहरूमा त प्रतिस्पर्धाका चलिरहेको हुन्छ तिमी भन्दा म धेरै नम्बर ल्याउने यो अहङ्कार न हो ? नत्र के हो त ? आत्मस्प्रतिपर्धा गर्ने कहिले कसले ? तेस्रो अहङ्कार हुन्छ सामर्थ्यमा धेरै सामूहिक भनूँ वा पारिवारिक वा व्यक्तिगत नै यति सम्पर्क छ यति साथी छन् यति माया गर्नेहरू छन् भन्दै आफ्नो सामथ्र्यलाई दोस्रोको भन्दा माथि ठान्दै अहङ्कारलाई स्वागत गर्नु यो तेस्रो जीवनको लक्ष्यको वा कार्यको बाधा हो ।
.gif)