बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

यसरी बढाउनुहोस् आत्मविश्वास


पश्चिम प्रेस
बिहीबार , कात्तिक २४ २०७९
  • 611
    Shares

  • images
    images
    यसरी बढाउनुहोस् आत्मविश्वास

     

        स्वामी विवेकानन्द भन्दछन् जस्तो तपाईँ सोच्नुहुन्छ त्यस्तै तपाईं बन्नुहुन्छ । यदि हामी स्वयंलाई निर्बल मान्दै रहेमा हामी निर्बल नै हुन्छौँ । यदि हामी स्वयंको शक्तिलाई स्मरण गर्छाैँ भने शक्तिशाली बन्छौँ । स्वामीजी भन्दछन् कमजोरीको उपाय कमजोरीकै चिन्तन होइन शक्तिको चिन्तन गर्नु हो । अतः स्वामीजी सदैव भावात्मक अथवा सकरात्मक सोचमाथि बल दिन्थे र ईसाइद्वारा मनुष्यलाई पापको सन्तान बताएमा विरोध गर्दथे । तिनीहरू उपनिषदहरूका सत्यमाथि विश्वास गर्दथे कि हामी अमृतका पुत्र हौँ । अमर आनन्दसित  सहभागी ।  यहीँ सकरात्मक सोच नै आत्मविश्वासको जननी हुन् ।


      जीवनमा हाम्रो सोच नै हाम्रा् आनन्द अथवा कष्टका कारण बन्छ । सोच नकरात्मक हो त्यो सामान्य कुरा पनि कठिन हुन्छ । निराशामा क्षमताको उपयोग हुँदैन । यदि सकरात्मकता देखे त्यो बाधामा पनि अवसर लुकेको हुन्छ  । विवेकानन्द केन्द्र कन्याकुमारीका संस्थापक माननीय एकनाथ ज्यूका सम्पूर्ण जीवन नै यहीँ कुराको जीवन्त उदाहरण हो । कन्याकुमारी स्थित विवेकानन्द शिलास्मारकको निर्माणमा आएका प्रत्येक बाधालाई अवसरमा परिवर्तन गरी उनले अति भव्य रूप प्रदान गर्नुका साथै राष्ट्रिय स्तरमाथि जनताको यो महान् कार्यमा सहभागी बनाए । बाधा दौडमा स्वर्णिम सफलता हासिल गर्नेवाली उडनपरी पी टी उषा यदि बाधाहरूसित हार मान्थिन् भन् के विश्वविख्यात बन्न सक्थिन् त ?


        मनोविज्ञानमा सदैव एक उदाहरण दिने गरिन्छ । पानीले आधा भरिएको गिलासलाई हेरी निराश व्यक्ति आधा खाली पनि भन्न सक्छ ।कुरा त दुवै नै सत्य हो ।गिलास आधा भरिएको पनि छ र आधा खाली पनि छ । किन्तु कुराको अभिव्यक्तिले तपाईको जीवनप्रति दृष्टिकोण दर्साउँछ । जीवनमा अवसरमा पनि चुनौतीमा पनि । अवसरलाई अधिक महत्त्व दिनेव्यक्ति चुनौतीको पनि सहजतासित पार गर्न सक्छ । अतः आधा भरिएर पनि जसलाई प्रेरणा दिन्छ त्यो सकरात्मक सोचवाला आशावादी मनुष्य हो ।  मैले लिगेको एक परीक्षामा एक बालिकाले तझन् गिलास पूरा भरिएको छ भनेकी थिइन्   । आधा पानीले आधा हावाले ,खाली हुनु भनेको त केवल भ्रम हो ।  नकरात्मक कुरा सदैव भ्रमजनित नै हुन्छ । वास्तवमा यसको केही अस्तित्व रहँदैन ।  सत्य सदैव सकरात्मक नै हुन्छ ।


       यहीँ सकरात्मक नै सफलताको कुञ्ज हो । सकरात्मक सोचदेखि नै प्रयत्नमा उत्साह बनाइराख्छ ।
    तुफानसित लड्ने साहस पनि आवश्यक पर्छ । शाइर भन्दछन् कश्ती न दे, किनारा न दे हौसला तो दे । परीक्षाको दिनमा पढाइको उत्साह बनाइ राख्नमा उल्टो गिन्ती पनि काम लाग्छ । एक कार्यकर्ता परीक्षा भन्दा पहिलो दिन आएर रुन थाल्यो
    दाइ मेरो पढाइ त भएकै छैन । कुल पाँच पाठ पाठ्यक्रममा छ । मेरो त केवल दुई पाठ मात्र सकियो । तीकककन बाँकी छ । अब यतिधेरै समय पनि छैन  । जब मैले बोलेँ सकरात्मक सोच र बोल दुकककई भइसक्यो । मात्र तीन न बाँकी हो र ऊ तनावमा भएको कारण हताशमा बिचार गर्न थाल्यो । केवल बोलेर के हुन्छ ? सत्य अलिकति मात्र बदलिएला ? किन्तु सत्य सदैव सकरात्मक नै हुन्छ । निकै आग्रहपछि उल्टो गन्दै हाँस्न थाल्यो । उत्साहसित छूमन्तर गर्दै पढ्न थाल्यो तेस्रो पाठ पनि सकियो । द्धछ मिनेटमा उत्साहदृखि नाच्दै नाच्दै बोल्दै तीककककन भइसक्यो । अब दुई मात्र बाँकी र फेरि साँझसम्म पूरा पढाइ भइहाल्यो । यहीँ हो सकरात्मक सोचको परिणाम ।
        केवल सोच मात्र सकरात्मक भएर काम त चल्दैन  हाम्रो वचन पनि सकरात्मक हुनुपर्छ । स्वामी विवेकानन्द चरित्र निर्माणको व्यावहारिक सूत्र बताउँछन् । जे बोल्छौँ त्यही सोच्छौँ । सोच्दै सोच्दै त्यहीँ नै हाम्रो आचरण हुन्छ । आदत जब अन्तर्मनको अंग बन्छ तब त्यही स्वभाव बन्न पुग्छ । अतः हामी सकरात्मक नै बोल्नुपर्छ । माता  भन्नुहुन्थ्यो कि प्रत्येक भवनमा घरमा वास्तुदेवता निवास  गर्नुहुन्छ । यी वास्तुदेवताका कार्य है सदैव तथास्तु गर्ने । तथास्तु अर्थात् यस्तै नै होस् 
     अर्थात् यदि हामी भन्दछौँ मेरो पढाइ हुन पाइरहेकै छैन , ती वास्तुदेवता भन्दछन् तथास्तु यस्तै नै होस् । हामी भन्दछौँ म असफल हुनेछु । मलाई केही आउँदैन । वास्तुदेवता तथास्तु । यहीँ प्रकार यदि हामी सकरात्मक शब्द बोल्छौँ भने म पूर्ण तयार हुँ मेरो पढाइ पूरा भयो तब पनि वास्तुदेवता भन्दछन् तथास्तु । अतः हामी सदैव वास्तुदेवताको आशीर्वाद प्राप्त गर्नुपर्छ वा लिनुपर्छ ।
        आज निरास हुनुको एक कारण यो पनि हो कि प्रसार माध्यमको प्रभावमा पूरा समाजलाई नै झूटा तथा चोर बुझ्न लाग्दैछौँ ।
    अरूको आलोचना गर्नु गर्वको विषय भइसक्यो । यो विषयमा दुई कुरा विचारणीय हो । एक– क्या साँच्चिकै पूरा समाज विकृत भयो ? अथवा केही चन्द व्यक्तिहरू बेइमान भएका कारण अधिकांश सज्जन पनि विकृतरूपमा देखिन थाले  ।
    वास्तवमा आलोचनादेखि कसैलाई पनि लाभ हुँदैन र  जसको हामी आलोचना गर्छाैँ त्यो व्यक्ति त निराश हुन्छ हुन्छ नै साथै हाम्रो आलोचनाले उसमा परिवर्तन नआएको कारण हामीमा पनि निराशपन । कसैको आलोचन गरेपछि परिवार ,समाज ,देश मा नकरात्मक टिप्पणीले विरोधभाव फैलाएपछि त्यहाँ प्रभाव कत्ति पर्दैन उल्टै हामी स्वयंलाई निराश बनाउदछ ।


    अतः वर्तमान हाम्रो कार्य नै आलोचनादेखि बच्नु हो । यदि दिन सक्छौँ भने साधुवाद दिऔँ ।  समाजमा जे राम्रो भएको छ त्यसको चर्चा गरौँ । यसले हाम्रो आत्मविश्वास पनि बढ्छ ।


       आत्मविश्वासलाई बढाउनका लागि हामी सकरात्मकता राख्नै पर्छ  । स्वयंप्रति पनि अन्यप्रति पनि । थाँमस हैरीस नामक एक मनोवैज्ञानिकका व्यावहार शास्त्रमा लेखिएको पुस्तक छ जसको नामले नै आफ्नो आफैँमा अर्थपशुर्ण सन्देश दिन्छ । क्ष् बm इप थयग बचभ यप . म ठीक छु तपाईं पनि ठीक हुनुहुन्छ । मानव व्यवहार जीवनमा देख्ने दृष्टि मूलतः दुईस्तरमा विभाजित छ । एक हाम्रो स्वयंप्रति एक अन्यप्रति ।


    यी दुई दृष्टिद्वारा नै हाम्रो व्यक्तित्व बन्छ  । यिनी स्तरमाथि नै निराशा वा आशाका आधारमा चार प्रकारको व्यक्तित्व हुन्छन् ।

    १. म ठीक छैन , तपाईं ठीक हुनुहुँदैन 

     यो पूर्ण निराश व्यक्तिको लक्षण हो 
     यस्तो मानसिकतावाला व्यक्ति नै आत्महत्याको विचार गर्छ ।
    २. म ठीक छैन, तपाईं ठीक हुनुहुन्छ ।

     यो आत्मग्लानिदेखि भरिएको व्यक्तित्व हो । केही ठक्करद्वारा आएको निराशाका कारण सदैव स्वयंको गल्ती नै मानेर नै चल्छ । अन्य सबैलाई आफ्नो भन्दा अधिक भाग्यवान् र सामर्थ्य मान्छ । ईर्ष्या र द्वेष यस्तो नै व्यक्तिले पहिरिन्छ ।


    ३. म ठीक छु , तपाईं ठीक हुनुहुँदैन ।
     

     यो अहङ्कारी व्यक्तित्व हो । जो केवल स्वयंलाई नै सही मानेर चल्छ 
     बाँकी सबै व्यक्ति गलत नै लाग्छ । यस्तो व्यक्ति अतिआत्मविश्वासका कारण असफल हुन्छ । सबैको आलोचना गर्छ अन्तिममा अकेलो पर्छ ।
    ४. म ठीक छु , तपाईं ठीक हुनुहुन्छ ।

    यो व्यक्तित्वका आदर्श हो । यस्तो व्यक्तिमा आत्मविश्वासका साथ विनम्रता पनि हुन्छ  । जहाँ स्वयंको क्षमतामाथि विश्वास हुन्छ । अरूप्रति श्रेष्ठ सम्मानभाव पनि हुन्छ ।
       यहीँ दृष्टि नै भावात्मकता सफलता दिँदछ । परीक्षामा पनि जीवनमा पनि । यो आध्यात्मिक जीवनदृष्टि हो । स्वामी विवेकानन्द भन्दछन् प्रत्येकमा ईश्वर विद्यमान छन् । आवश्यकता यो हो कि त्यसलाई प्रकट गर्ने । यहीँ विचार एकतर्फ हामीलाई स्वयंप्रति प्रबल आत्मबल दिन्छ ।  दोस्रोतर्फ आलोचना व्यर्थ हो भाव । हामी सबैमा ईश्वर हुनुहुन्छ तर प्रकट गर्ने हामी कसरी हो अलग अलग तरिकाले हामी सबै प्रयास गरिरहन्छौँ ,गर्नेपर्छ ।।

     


  • सम्बन्धित विषय:

  • # आत्मविश्वास
  • प्रतिक्रिया दिनुहोस