पूर्वीय वाङ्मयका विभिन्न ग्रन्थहरुमा पञ्चामृतको वर्णन गरेको पाइन्छ । वेददेखि विभिन्न पुराण कर्मकाण्ड र आयुर्वेदिक चिकित्सामा पञ्चामृतको उल्लेख गर्नुका साथै यसको महत्त्वको विषयमा चर्चा गरिएको पाइन्छ । गाईको दुध, दही, घिउ, मह र सख्खरको मिश्रण नै पञ्चामृत हो । आयूर्वेदमा यी पाँचओटै चिजवस्तुलाई अमृत समान महत्व दिइएको पाइन्छ । विभिन्न देव तथा पितृकार्यहरुमा अभिशेष र प्रसादीका रुपमा मात्र पञ्चामृतको प्रयोग गरिए पनि आयुर्वेदिक दृष्टिकोणमा यसलाई शक्तिवर्धक तथा रोगनाशक पेयका रुपमा लिइन्छ । वैदिक तथा पौराणिक ग्रन्थहरुमा इन्द्रादि देवताहरु युद्धमा जानुअघि पञ्चामृतमा विभिन्न हिमाली जडिबुटी मिलाएर शक्तिबर्धक सोमरसका रुपमा पान गर्ने गरेका कथाहरु पाइन्छ । पञ्चामृतमा विभिन्न जडिबुटी मिसाएर बनाइएको सोमरसले शरीरमा उर्जा दिनुका साथै विभिन्न रोगहरुबाट मुक्ति दिलाउँछ ।
संसारमा आजभोलि दिनप्रतिदिन नयाँनयाँ रोगहरु देखा पर्दै आइरहेका छन् वातावरणीय प्रदुषण लगायत खाद्यवस्तुमा रसायनको प्रयोगले शरीरका विभिन्न अङ्गहरुलाई नोक्सान पानुका साथै रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको पाइन्छ, जसको कारण विभिन्न रोगसाग लड्न नसकेर मानिसहरुको अकालमै ज्यान गइरहेको छ । वर्तमान समयमा महामारीको रुपमा संसारभरी फैलिएको कोरोनाले पनि पुरै विश्वमा हाहाकार मच्चाएको छ । वैज्ञानिकहरुले पनि यसको कुनै औषधी पत्ता लगाउन सकेका छैनन् । यो रोेग विशेष गरी रोगप्रतिरोधात्मक क्षमता कम भएका तथा अन्य रोगहरुबाट पीडित मानिसहरु बढी जसो देखिने गरेको पाइन्छ । विशेष गरी फोक्सोमा सङ्क्रमण हुने यस रोगले स्वाँसप्रस्वासमा समस्या ल्याउनुको साथै शरीरमा कमजोरी ल्याउने गर्दछ । कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा यो रोगबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु बाहेक अन्य कुनै विकल्प छैन । यसकारण कोरोना महामारी लगायत अन्य विभिन्न किसिमका रोगहरुमा हाम्रा ऋषिमुनी तथा वैद्यहरुले पत्ता लगाएका आयूर्वेदिक औषधिहरुको सेवन महत्वपूर्ण हुन सक्छ । शरीर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरी कोरोना महामारी जस्ता विभिनन रोगहरुबाट बच्नका लागि पञ्चामृत पनि रामबाणको जस्तै काम गर्न सक्छ । कुनै पनि साइड इफेक्ट नहुने र जुनसुकै अवस्थामा पनि शरीरलाई केवल फाइदा मात्र गर्ने पञ्चामृतमा निम्न औषधीय गुण भएका जडिबुटी, मसला तथा आयुर्वेदिक दृष्टिले महत्वपूर्ण फलहरुको चुर्ण बनाइ मिश्रण गरेर प्रयोग गर्दा लाभ मिल्न सक्छ । पञ्चामृतमा प्रयोग गर्न सकिने वस्तु र तिनले स्वास्थ्यका लागि गर्ने कामहरु निम्न रहेका छन् :
पिपली : आयुर्वेदमा पिपलीलाई महत्वपूर्ण औषधीका रुपमा प्रयोग गरिन्छ । यसले ज्वरो, खोकी, कफ, स्वाँसप्रस्वास सम्बन्धी समस्या, घाँटी खसखस गर्ने समस्या, हिच्की, हृदयरोग सम्बन्धी समस्या, अनिद्रा, पाचन प्रणाली आदि सम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्दछ ।
जायपत्री : जायपत्री आयुर्वेदिक तथा गरम मसला अन्तर्गत महत्त्वपूर्ण औषधिका रुपमा लिइन्छ । जायफलको बोक्राको रुपमा रहेको जायपत्रीमा एन्टी माइक्रोवियल, एन्टी इन्फ्लेमेटरी, एन्टी क्यान्सर र एन्टी डाइबिटिज जस्ता गुणहरु रहेका हुन्छन् । यसले फोक्सोलाई तन्दुरुस्त राख्ने, पाचन प्रणालीलाई बलियो बनाउने, हृदय रोग हुनबाट बचाउने, दाँत तथा किड्नीलाई खराब हुनबाट बचाउने, रुघाखोकी तथा स्वाँसप्रस्वास प्रणालीलाई स्वस्थ राख्ने काम गर्नुका साथै शरीरमा उर्जा बढाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने जस्ता थुप्रै काम गर्दछ ।
जायफल : जायफल आयुर्वेद अन्तर्गत महत्वपूर्ण औषधि हो । यसले यौन क्षमता बढाउनुका साथै छाला सम्बन्धी रोग, रुघाखोकी, दाँत तथा कान सम्बन्धी रोग, टाउको दुख्ने समस्या, पेट सम्बन्धी समस्या, पक्षघात आदि विभिन्न रोगहरुमा फाइदाजनक हुने गर्दछ ।
बदाम : बदामलाई प्रोटिनको महत्वपूर्ण सा्रेत मानिन्छ । बदामले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ । यसले प्रजनन क्षमता बढउनुका साथै शरीरको बृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।
किसमिस : किसमिस अंगुरलाई सुकाएर बनाउने गरिन्छ । यसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा फाइबर जस्ता तत्वहरु हुने गर्दछन् । किसमिसले मुटु तथा फोक्सो सम्बन्धी समस्यालाई कम गर्दछ । छालामा चमक बढाउनुका साथै पाचन प्रक्रियालाई तन्दुरुस्त राख्ने काम गर्दछ । यसले फोक्सोलाई तन्दुरुस्त राख्ने तथा लिभर सम्बन्धी समस्यालाई घटाउछ ।
छुवारा: छुवारा छुवारामा एन्टी – इंफ्लेमेटरी, एन्टी – अ‘ाक्सीडेंट, एन्टी – माइक्रोबियल तत्व हुने गर्दछन् जसले हाम्रो शरीरमा देखिने विभिन्न किसिमका समस्याहरुको समाधान गर्न मद्दत गर्दछ । यसले कम्मर, जोर्नी, ढाड तथा टाउको दुख्ने समस्या कम गर्दछ । महिलाहरुको नियमित रजस्वलामा फाइदा गर्नुका साथै शरीरमा यौन उर्जा बढाउन महत्वपूर्ण भूमिका खेल्दछ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ ।
तुलसी : तुलसीलाई आयुर्वेदमा मृतसञ्जीवनी जस्तै महत्वपूर्ण औषधिका रुपमा लिने गरिन्छ । तुलसीले वायुमण्डलमा रहने दुषित हावालाई शुद्धीकरण गर्नुका साथै तुलसीमा पाइने ‘एन्टीअक्सिडेन्ट’ नामक तत्वले शरीरभित्र खानपान र प्रदूषणबाट उत्पन्न विकारलाई नष्ट पार्ने काम गर्दछ । ‘एन्टीअक्सिडेन्ट’ ले मुटुको समस्या, क्यान्सर हुने जोखिम घटाउन सघाउँछ । यसले फोक्सोलाई तन्दुरुस्त बनाउनुका साथै रुघाखोकी, दम, जस्ता रोगहरु कम गर्नमा सहयोग गर्दछ । यसले विभिनन पेटमा जुका चुर्ना तथा रोगका किटाणु नष्ट गर्दछ ।
ज्वानो : ज्वानोलाई भान्छामा मसलाको रुपमा मात्र प्रयोग गरिए पनि आयुर्वेदिक दृष्टिकोणले यो एक महत्वपूर्ण औष्धी हो । आयुर्वेद चिकित्सा पद्धतिमा यसलाई यवानी भन्ने गरिन्छ । ज्वानोमा अत्यधिक मात्रामा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ । यसले शरीमा रोग प्रतिरोधात्मक समस्या कम गर्नुका सथै पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । यसले रुघाखोकी तथा स्वाँसप्रसवाँस सम्बन्धी समस्यालाई कम गर्नुका साथै स्तन सम्बन्धी समस्यालाई कम गरेर बच्चाहरुका लागि दुध बढाउने कार्य गर्दछ ।
मरिच : मरिच पनि आयुर्वेदिक औषधि मध्ये एक महत्वपूर्ण औषधि हो । यसले टाउको दुख्ने, दम, रुघाखोकी, पिनास, ज्वरो आदि समस्यालाई कम गर्न मद्दत गर्दछ ।
यसरी माथि उल्लेखित जडिबुटी तथा मसलाहरु पञ्चामृतमा मिसाएर सेवन गर्नाले विभिन्न रोगहरुबाट छुटकरा मिल्नुका साथै स्वस्थ जीवन यापनमा महत्वपूर्ण भूमिका खेल्दछ । माथि उल्लेखित मसलाहरु धेरै मात्रामा प्रयोग नगरी मात्रा मिलाएर प्रयोग मात्र प्रयोग गर्नु पर्दछ । अति खति भनेझैँ कुनै कुराको पनि सही मात्रमा प्रयोग गर्नु राम्रो मानिन्छ ।
वर्तमान समयमा देखिएको कोरोना महामारी जस्तो भयानक रोगबाट बच्न तथा रोग लाग्न नदिन पञ्चामृतको सेवन महत्वपूर्ण हुन सक्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने र यसमा मिसाइने आयुर्वेदिक मसलाहरुले विभिन्न रोगहरु निको पार्न तथा लाग्न नदिने भएकाले कोरोना महामारी जस्ता विभिनन रोगहरुमा पञ्चामृतले रामवाणको काम गर्न सक्छ ।
.gif)