महेन्द्रनगर । पछिल्लो समय समाजमा विकृति बढेको भन्दै हिन्दुधर्मको महान ग्रन्थ श्रीमद्भागवत गीताको ज्ञानलाई व्यवहारीक जीवनमा उर्तान जरुरी रहेको संस्कृतिविदहरुले बताएका छन ।
शनिबार महेन्द्रनगरमा आयोजीत दैनिक जीवनमा गीताको महत्व विषयक गोष्ठिमा सहभागीहरुले सांस्कृतिक उन्नयन तथा विकृति निवारणका लागि गीताको सान्दर्भिकता रहेको बताउनुभयो ।
शारदा विद्यापीठ महेन्द्रनगरका उप–प्राध्यापक हरिप्रसाद खतिवडाले गीता ज्ञानको सागर भएको बताउनुभयो । उहाँले गीताकोे ज्ञानले जीवनमा कर्म गर्न सिकाउने भएकाले दैनिक जीवनमा गीताको महत्व रहेको बताउनुभयो । “गीताले जीवनदेखी मरणसम्म कर्म गर्न,जीवन कसरी बिताउनुपर्छ र खानपीन कसरी खानुपर्छ भन्ने मान जीवनका सबै पक्षलाई सिकाउछ ।” उहाँले भन्नुभयो–“त्यसैले गीताको ज्ञानलाई व्यहारीक जीवनमा उर्तान सके समाजमा परिवर्तन हुन्छ ।” उहाँले गीतबाट राजनितिक र कुटनितिक कुराहरु पनि सिक्न सकिने बताउनुभयो ।
त्यसैगरी संकृतिविद जगदीश ओझाले गीतको ज्ञान व्यवहारीक जीवनमा आवश्यक रहेको बताउनुभयो । “गीताले संस्कृति जोगाउद सहयोग पुग्छ विकृति हटाउछ मानवमा भएका रिस क्रोधहरु सबै हटाउछ ।” उहाँले भन्नुभयो–“धर्म सबैले जान्दछन त्यसमा प्रवृत्त हुन सक्दैनन त्यसैले गीताको ज्ञानले ईमान्दारीता पूर्वक आफ्नो काममा लाग्न सिकाउँछ ।” श्रीमद्भागवत गीतालाई दैनिक जीवनका विविध पक्षमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा विविध शीर्षकमा विद्वानहरुले कार्यपत्र समेत प्रस्तुत गर्नुभयो ।
व्यवहारिक जिवनमा भागवत् गीता ।
आचार्य घनश्याम लेखकले गीताको परिचय,जगदीश ओझाले सांस्कृतिक उन्नयन तथा विकृति निवारणका लागि गीताको सान्दर्भिकता ,आचार्य सुर्दशन जोशीले गीतामा योग र योगाचार्य सुरेन्द्र ओझाले व्यवहारिक जीवनमा गीता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रस्तुत कार्यपत्र माथी उप प्राध्यापक हरिप्रसाद खतिवडा,श्यामसुन्दर ढकालले टिप्पणी गर्नुभएको थियो ।
योगार्चाय सुरेन्द्रराज ओझाले गीतालाई एक धार्मिक ग्रन्थका रुपमा मात्रै नबुझेर यस भित्रका विविध पाटाहरुको अध्ययन गरी त्यस अनुसार चल्न सके सबैका लागि गीता महत्वपूर्ण हुने बताउनुभयो । “यसका व्यवहारिक पक्षहरुको खोजी गर्नका लागि विचार गोष्ठिको आयोजना हुन जरुरी छ ।” उहाँले भन्नुभयो–“गीतामा नभएको केहि छैन यसबाट थुपै्र ज्ञान लिन सकिन्छ ।” रिर्डस क्लब कञ्चनपुरले आयोजना गरेको गोष्ठिमा सहभागीहरुले गीताको ज्ञान व्यवहारीक जीवनमा उर्तान जरुरी रहेको बताउनुभयो ।
.gif)