महेन्द्रनगर । काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र सिंह बानिया घरदैलोमा हिडेका छन। बक्सअफिसमा तहल्का मच्चाईरहेको चलचित्र महापुरुषका निर्देशक प्रदीप र निर्माता रबीन्द्र शनिवार भएको काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार पुकार बमको घरदैलो कार्यक्रममा सरिक भएका हुन्।
युवा सत्याग्रहीको परिचय बनाएका पुकार बमको घरदैलो कार्यक्रममा घन्टि बजाउदै ३ घण्टा उनको पक्षमा भोट मागेका थिए। आफ्नै परिचित ठट्यौली शैलीमा प्रदीपले मतदातासँग भने,पुकार बम हामीलाई चाहिने मान्छे हो। संसदमा चाहिने मान्छे हो। यस्तै घरदैलोमा पुगेका कलाकार रबिन्द्र सिंह बानियाले काठमाडौ क्षेत्र नं १ मा पुकार बम सक्षम, ईमानदार र जित्नैपर्ने उम्मेद्वार भन्दै मत मागेका थिए। साथै दयाह्याङ राईले पनि बमलाई मतदान गर्न आग्रहर गरेका थिए ।
उनले सञ्चारकर्मीहरुसँग भने,मैले विगत १० वर्षदेखि पुकार बमलाई सडकमा जनताको बीचमा सेवा गरेको देखेको छु। पुकार जस्तो निस्कलंक मानिस संसदमा पुग्नुपर्छ।यस्तै घरदैलोमा हिडिरहेका र्याप गायक प्रनिल तिमल्सिनाले यसपाली अरु जस्तो कुरा मीठो गर्नेलाई हैन, पुकार जस्तो कम बोल्ने काम धेरै गर्नेलाई जिताउनुपर्ने भन्दै मतदमतासंग आग्रह गरे।हेविवेटहरुको भिडन्त मानिएको काठमाडौ क्षेत्र नम्बर १ मा पुकार बम सहित नेपाली कङ्रेसका प्रकासमान सिंह, राप्रपाका रविन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल तथा एमालेका किरण पौडेल उम्मेदवार छन ।
.gif)