मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

काठमाडौँ–४ मा झिनो मतान्तरले कांग्रेसका गगन थापा अगाडि


पश्चिम प्रेस
सोमबार, मंसिर ५ २०७९
  • 557
    Shares

  • images
    images
    काठमाडौँ–४ मा झिनो मतान्तरले  कांग्रेसका गगन थापा अगाडि

    काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ । आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिनुभएको छ ।

    यस्तै नेकपा (एमाले)का राजन भट्टराईले छ सय ३३ मत ल्याएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा ठाकुर मोहन श्रेष्ठले ६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गर्नुभएको छ भने ३८ मत बदर भएको छ ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ–४
  • प्रतिक्रिया दिनुहोस