सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बझाङमा मतगणना सुरू


पश्चिम प्रेस
मंगलबार, मंसिर ६ २०७९
  • 683
    Shares

  • images
    images
    बझाङमा मतगणना सुरू

    बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ ।

    बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा (एमाले) बाट ऐनबहादुर महर र लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहनुभएको छ । त्यस्तै प्रदेशसभा सदस्य १ तर्फ लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा, राप्रपाका हरिलाल भट्टराई र राप्रपा नेपालका कर्णबहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ ।

    प्रदेशसभा सदस्य २ बाट एमालेका लालबहादुर (एलबी) रावल, लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंहबीच प्रतिस्पर्धा रहेको छ ।


    प्रतिक्रिया दिनुहोस