सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

कैलालीको क्षेत्र नं ४ मा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी


पश्चिम प्रेस
बिहीबार , मंसिर ८ २०७९
  • 281
    Shares

  • images
    images
    कैलालीको क्षेत्र नं ४ मा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी
    images
    images
    images
    images

    कैलाली । कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी हुनुभएको थियो ।

    प्रदेशसभा (१) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गर्नुभयो । देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गर्नुभयो ।

    उहाँहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो । प्रदेशसभा (२)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो ।

    images

    यसअघि यो क्षेत्रमा नेकपा (एमाले)का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित हुनुभएको हो । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गर्नुभयो । 


    प्रतिक्रिया दिनुहोस