सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भुवा पर्व अर्थात भस्सोको परिचय


मंगलबार, पुस ५ २०७९
  • 1.5K
    Shares

  • images
    images
    भुवा पर्व अर्थात भस्सोको परिचय

    एक हात तरबार हुन्छ एक हात ढाल हुन्छ
    गजरान्त दमाऊ बजी बाजाको ताल हुन्छ

    जसो जसो बाजो बज्यो खेल्न्याको चाल हुन्छ 
    खेल्नाकी रमाइलो हुन्छ हेन्नाखी माल हुन्छ

    चादानि लायाको टीको टल्क्याको लाल हुन्छ
    जान्यो भन्या गज्जब हुन्छ नजान्या झाल हुन्छ

    हेन्न्या उत्ति खेल्न्या उत्ति वर पर उत्ती
    खेल्नाकी दम पन चाइदो उसै चाईदो फुत्ती

    कालो बादल घेर्री घेर्री आट्योकी बर्षन
    हुक़्क़ा चिलिम सुंन्न्या जति सब्बईकी दर्षन

    जद्देउ सबै अग्रज तीर जान्न्या सुंन्न्या बुणा
    राइ हेल्या होउ तमिले ता क्याका अरया कुणा

    तन्याणी रे युवा जति जो छन अरु बाकी
    नीको अरी कान थापेर सुनी राख हाकी

    गाइका गोठ गुर्जो मुर्जो भैसी गोठ पस्सो
    सुपको सस्कृति ठुलो यो हो भुवो भस्सो

    कतीले न सुन्या हुन्ना भुवो भस्सो भनी
    आज एसुइ भुवाका कुणा अद्दोछू म पनि 

    कोई भन्दा छन भुवा पर्व कोई भुवो रे भस्सी
    ढाल तरबार नचाई बंट खेल्नु पड्डो कस्सी

    सुदूर पश्चिम सेती अंचल पहाड़का जिल्ला
    भुवो भस्सो खेल्लीदो छ एइ हो मुख्य किल्ला

    बझांग बार्जु डोटी अछाम चारै जिल्ला भरी
    गाउ गाउमा खेल्लिन्छ भुवो खूब रमाइलो अरी

    कैलाली रे कंचनपुर कसुई कसुई ठाउँमा
    खेल्लिदो छ भुवो भस्सो गज्जब सँग गाउमा

    कर्णाली क्षेत्रमा पन भुवो भस्सो हुन्छ
    ढाल तरबार चलाउदै खेल्नु मुख्य कुणा जुन्छ

     कुमाऊँ तीर भन्न्या रैछन पाण्डवको खेला 
    एइ हो भुवो एइ हो भस्सो आईग्यो खेल्न्या बेला

    द्वापर युगमा पांडबले यो भुवो बनायो
    उइलैबाट यसैअरी ठाउठाउँमा मनायो

    पांडबले राज्य हारयो सकुनी पासामा
    यो भुवो सिकाउन लाग्या जिऊनका आसामा

    ढाल तरबार चलाउनु सिकाई गाउ तीर पुगीं
    पांडब ले बनबास काट्यो यस्तै लुकी लुकी

    तेंसुई बेला धेकी चल्यो भुवी भस्सो खेल्नु
    ढाल तरवार चलाई बंट हान्नू अनि छेल्नु

    कोई भन्दा छन कौरवले पांडबकी ढाटयो
    बनबास होइ फर्कि बंट लड़ाई हुन आटयो

    पाण्डवले आफ्ना सेना बलियो बनाउन 
    सिकायो छ ढाल तरवार एसरी चलाउन

    कुरु क्षेत्र लड़ाई भयो पांडबले जीत्यो
    तालीम लियाको सेना बिजयी भै हिटयो

    सत्य मथि असत्यको बीजय भयाको 
    तेसुइ बेला धेकी एइको चलन रयाको

    जीतका खुशी नि रातों  टीका हो लायाको
    ज्या ज्याप होउ पांडब बाटै यो चलन आयाको

    पुशका मैना औषि बाट भुवो सुरु हुन्छ
    खेल्दा खेल्दाइ मौका पड्या पुनि पन छूंछ

    आउसी धेकी पुनि सम्म भुवो भस्सो हुन्या
    बताउदो छू जान्या जति जसो धेक्या सुन्या 

    घर घर होइ राका बाली आउसी रातमा
    राका बाली सबै आउदा बोकेर हातमा

    बीच गाउँमा भुवो खेल्न्या हुन्छ भुवा खाणो
    रात पन काली रात हुन्छ मौसम पन जाणो

    घर घर होइ बोकी ल्याउछन बाल्नाखिलाई मुणा
    एक जना नाइक हुन्छन मुख्या बुजुर्ग रे बुणा

    तेइ रात खेल्दा छन तिनै राका समाई हात
    ति राका फाल्दा छन टाणा सबै सात सात

    पणेनि खेल्दाइनप दुइको दिन तान 
    सबका घर मिठो मिठो खाना पाक्छ जान

    बिसेस ग़री लाणु चिउणा घर घर बनाई
    उइलै बटी चल्याको यो सस्कृतिकी जनाई

    बटुक रे चुकानी पन बनाउदा छन यानी
    टीका रे पीठायो लाउदा झिक्कै खुशि मानि

    अर आफन्त इष्ट मित्र भेट घाट अरेर 
    शुभ कामना दीदा सबकी अघाड़ी सरेर

    यसै अरी हासी खुशि भुवा खाणा आउदा 
    नाइक का हातको टीका सबै माइस लाउदा 

    नाइक उइ हुन्छन सबै मद्ध बुजुर्ग रे पाका
    उनुई बाट भुवो सुरु जनले बाल्यो राका

    दमाऊ बजई बस्या हुन्छन बिचौदा बजाउन्या
    रातों टिका तरबार ढाल सबैले सजाउन्या

    उइ पछि ता सुरु हुन्छ भुवो भस्सो हाम्रो
    हात हात ढाल तरबार कस्तो हुन्छ राम्रो

    वरि परी हेर्न्या हुन्छन बिचौदा खेलन्या 
    तरबारले हानि बंट ढालले छेलन्या

    ढाल तरबार नभयाकी खुकुरी रुमाल
    खुकुरी चल्किदा पन धेक्किंछ कमाल

    देउड़ा खेल्या जस्तै अरी एक लाइन लाग्दोछ
    गुरुले मिलाउन्या हेरी जालाइ यो भाग्दोछ

    भुवा भस्सो बोली खेल्नु माणा पन हाली
    न बोली खेल्नु हो हेर एइ भुवाको चाली


  • सम्बन्धित विषय:

  • # भुवा पर्व
  • # भस्सो


  • प्रतिक्रिया दिनुहोस