सुदूरपश्चिमका साहित्यिक फाँटमै पछिल्ला पुस्ताले कम पछ्याणो भयालै अग्रज पुस्तामाइ स्व प्रेमसिंह धामी पछ्याणिनो नाउँ हो । भौत मान्स उनलाइ एक राजनैतिक व्यक्तित्वका रूपमाइ मात्तरै पछिण्णान, याँ कि राजनीतिमाइ उनरो जति योगदान छ साहित्यिक रूपमाई लै उनरो योगदान कम्ति नाइ थिन।
दार्चुला मालिकार्जुन भौतडि गाउँमा वि सं २००९/५/१९का दिन उनरो जन्म भयो हो । बहादुर सिह धामी रे मायादेवी धामीका जेठा चेला उनले गोकुलेश्वर मा बि बटि है कक्षा १०पास गर्या पछा बिरगञ्ज शिक्षा क्याम्पस बटि है उनले इन्टर पास गर्यो। नौकरी (शिक्षक / प्रा बि नि ) सङ सङै उन साहित्य रे राजनीतिमाइ लै सक्रिय भया धेकिनान् । वि सं २०५४ /५ /२७ का दिन नुवाकोट मदनपुर केउरानिमाइ भया जिप दुर्घटनामाइ उनरो देहान्त भयो।
उनले अफना जीवनका संघर्षशील दिनन माइ २०३०/३२ साल बटि है लेख्द सुरू गर्या भयालै २०३७ साल बटि है २०५४ सम्म उनले लगातार रचना प्रकाशित गरेको पाइछ। उनरा कथा, कविता, लघुकथा, लोकसाहित्य रे समसामयिक लै रे राजनैतिक लेख रचना प्रकाशित भयाका छन। अफना जीवन कालमाइ उनले किताबै प्रकाशित नगरि सक्या लै सयौ उनरा लेख रचना स्थानिय रे राष्ट्रीय स्तरका बिभिन्न पत्र पत्रिकानमाइ प्रकाशित होइरयान। उनरा योगदानलाइ सम्झिबरे डा पुष्कर राज भट्टका सम्पादन / प्रकाशनमाइ वि सं२०७१ सालमि " प्रेम सिंह धामीका साहित्यिक रचनाहरू " नाउको किताव प्रकाशित होइ रै छ। जैमाइ उनरा बिभिन्न विधाका २९ रचना संकलित छन।
स्व प्रेमसिंह धामी रैवार साहित्यिक त्रैमासिक पत्रिका महेन्द्रनगर २०३७का सह सम्पादक,मलासिनि महेन्द्रनगर २०४१का सहयोगि रे गौरा द्वैमासिक धनगढीका सम्पादक थ्या।उनराइ अगुवाईमाइ २०४७ सालमि महाकाली साहित्य संगमको थपना भयेको हो। उन महाकाली साहित्य संगमका संस्थापक अध्यक्ष हुन। रैवार , मलासिनि , साप्ताहिक वार्ता, गरिमा-साझा प्रकाशन, जनआस्था, जमर्को ,गौरा, लगायतका पत्र पत्रिकान माइ उनरा रचना प्रकाशित भया धेकिनान, संकलन रे खोज भयाले उनरा रचना सयौ होइ सक्दान। साहित्य लेख्दाका संङ्ङै औरनलाइ लै लेखन प्रकाशन कि लेखाइ उनले पत्र पत्रिका संचालन रे संस्थानको गठन भौत महत्वपूर्ण छ। उन अफना जिवनका पछिल्ला समयमाइ राजनीतिमाइ सक्रिय भया हुनाले बिद्यार्थी राजनीति पछा २०४३बटि है माले, एमालेका नेता हुन। राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य सङै उन २०५१सालमाइ आवास तथा भौतिक योजना राज्यमन्त्री लै रया। राजनैतिक रूपले सुदूरपश्चिममाइ बामपन्थी राजैतिक बिस्तार रे संगठन निर्माण कि लेखाइ उनरो महत्वपूर्ण भूमिका रै रैथ्यो। तै सिलसिलाका उनरा राजनैतिक लेख स्थानिय रे राष्ट्रीय स्तरका पत्रिकान माइ प्रकासित हुन्थ्या तन खोजिबरे प्रकाशित हुन सक्या नाइथिन। लोक भाषा साहित्य संस्कृति संरक्षणमाइ उनरो लगाव खुपै थ्यो उनराइ प्रस्तावमाइ गौरापर्व कि सरकारी छुट्टि हुन पसि हो। उनरा साहित्यिक रचनान् माइलै सुदूरपश्चिमको गैलो छाप छ।
(सन्दर्भ स्रोत-प्रेमसिंह धामीका साहित्यिक रचनाहरू, सं डा पुष्कर राज भट्ट २०७१)
#जगदीश ओझा, महेन्द्रनगर, वनखेत
.gif)